२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता

पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता
फाइल फोटो
अ अ+ अ-

कास्की। ढल्किदो उमेरमा खेलकुदतर्फको आकर्षण बढाउने उद्देश्यले पोखरामा प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।

पोखरा महानगरपालिका–१९ लामाचौरस्थित गुरुङ–मगर समाजको आयोजनामा स्थानीय पातीघारी खेल मैदानमा आगामी असोज १ देखि ४ गतेसम्म खुला प्रौढ भलिबल प्रतियोगिता सञ्चालन हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

प्रतियोगितामा पुरुष र महिलातर्फ छुट्टाछुट्टै टोलीले सहभागिता जनाउने खेल संयोजक सन्दीप थापामगरले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म पुरुषतर्फ १७ र महिलातर्फ ११ टोली दर्ता भइसकेका छन् । दर्ताको अन्तिम समयसम्म पुरुषतर्फ २५ र महिलातर्फ २० टोलीको सहभागिता रहने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

प्रतियोगितामा देशका जुनसुकै स्थानबाट टोलीले सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको छ । पुरुषतर्फ ४० वर्ष र महिलातर्फ ३० वर्ष उमेर पूरा भएका खेलाडीले प्रतियोगितामा भाग लिन पाउने आयोजकले जनाएको छ ।

पुरुषतर्फको विजेता टोलीले रु एक लाख एक हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले रु ६१ हजार तथा तृतीय हुने टोलीले रु ३१ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यसैगरी महिलातर्फ विजेता टोलीले रु ५१ हजार, उपविजेताले रु ३१ हजार र तृतीय हुने टोलीले रु १५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने समाजका कोषाध्यक्ष सूर्य पुर्जा मगरले जानकारी दिनुभयो ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विधागत पुरस्कारसमेत प्रदान गरिनेछ । सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट सेटर, ब्लकर, लिब्रो र स्पाइकरलाई नगद पुरस्कार प्रदान गरिने उहाँले बताउनुभयो ।

प्रतियोगितामा सहभागी हुन पुरुषतर्फ रु सात हजार र महिलातर्फ रु चार हजार ५०० दर्ता शुल्क निर्धारण गरिएको छ । प्रतियोगिता सञ्चालनका क्रममा हुने आम्दानीबाट खर्च कटाएर बचत भएको रकममध्ये केही रकम स्थानीय सरकारमार्फत भोटेकोशी बाढी प्रभावितको सहयोगमा उपलब्ध गराइने खेल संयोजक मगरले बताउनुभयो ।

उहाँका अनुसार प्रतियोगिता सम्पन्न गर्न करिब रु १२ लाख खर्च हुने अनुमान गरिएको छ भने विभिन्न सहयोगदाता तथा संस्थाबाट रु १२ लाख ५० हजार सहयोग संकलन हुने अपेक्षा गरिएको छ ।

समाजका अध्यक्ष युग गुरुङले गुरुङ–मगर समाजले पहिलोपटक आयोजना गर्न लागेको प्रतियोगिताले प्रौढ उमेरका व्यक्तिलाई समेत खेलकुदमा सक्रिय बनाउन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो । “भलिबल खेलको विकास, संरक्षण र प्रवर्द्धनसँगै स्थानीयस्तरमा खेलकुदको वातावरण निर्माण गर्न प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो ।  रासस