९ भाद्र २०८३, मंगलवार
,
Latest
सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्सेको सीईओ पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान



अ+ अ-

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न आवेदन आह्वान गरेको छ।

मन्त्रालयले गठन गरेको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिले आजको गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै योग्य उम्मेदवारबाट आवेदन माग गरेको हो।

सूचनाअनुसार इच्छुक तथा योग्य उम्मेदवारले आवेदन दिनका लागि १५ दिनको समय पाएका छन्। तोकिएको अवधिभित्र आवश्यक कागजातसहित आवेदन पेस गर्न समितिले आग्रह गरेको छ।

सीईओ पदका लागि आवश्यक योग्यता, अनुभव, आवेदन प्रक्रिया तथा अन्य विस्तृत विवरण गोरखापत्रमा प्रकाशित सूचनामा उल्लेख गरिएको छ। इच्छुक उम्मेदवारले सूचनामा उल्लिखित मापदण्ड पूरा गरी तोकिएको समयभित्र आवेदन दिन सक्नेछन्।