१२ श्रावण २०८३, मंगलवार
,
Latest
झापामा मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज चीनमा समुन्द्रमा डुवेको जहाजबाट ४८ जना भियतनामीको उद्धार देवानगञ्ज घटनापछि सुनसरीका केही क्षेत्रमा निषेधाज्ञा र कर्फ्यू कायमै चार महिनामा सुशासनका लागि सरकारको पहल सकारात्मक : मानव अधिकार तथा शान्ति समाज पाकिस्तानकाे रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी एआई डेटिङ एपबाट २६५ जोडीको विवाह नेप्सेको सीईओ पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान धनगढी विधि विज्ञान प्रयोगशालामा आउने ९५ प्रतिशतभन्दा बढी नमूना लागुऔषधसम्बन्धी सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । टी-२० सिरिजअन्तर्गत नेपालले अमेरिकासामु १६५ रनको लक्ष्य दिएको छ ।

डालसको ग्रान्ड पिएरी रंगशालामा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १६४ रन जोड्यो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ४९ रन, दिपेन्द्र सिंह ऐरीले २८ रन, अनिल शाह र आशिफ शेखले २७/२७ रनको योगदान दिँदा गुलशन झाले ११ र कुशल भुर्तेलले १० रन जोडे ।

बलिङतर्फ अमेरिकाका हरमित सिंह, जसदीप सिंह र शौरभ नेत्रभाल्करले २-२ विकेट लिए भने अलि खान र नोस्थुस केन्जिगेले १-१ विकेट लिए ।

आइसिसी एक दिवसीय विश्वकप लिग-२ सिरिज खेल्न अमेरिका पुगेको नेपाली टोलीले सिरिजअघि अमेरिकासँग टी-२० प्रतिस्पर्धा गरेको हो ।

टि-२० अन्तर्गत नेपालले दोस्रो खेल आइतबार र तेस्रो खेल सोमबार हुनेछ ।

त्यसपछि आइसिसी एक दिवसीय विश्वकप लिग-२ कात्तिक ९ देखि १९ गतेसम्म हुनेछ । एक दिवसीय त्रिकोणात्मक सिरिजमा आयोजक अमेरिका, नेपाल र स्कटल्यान्डले प्रतिस्पर्धा गर्दैछन् ।