१३ भाद्र २०८३, शनिबार
,
Latest
नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज



अ+ अ-

काठमाडाैँ । झापामा यस यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ । समयमै मनसुन सक्रिय भई पर्याप्त वर्षा भएपछि यस वर्ष रोपाइँले अपेक्षाकृत गति लिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीका अनुसार सोमबारसम्म जिल्लाभर करिब ८८ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको हो । उहाँका अनुसार दमक नगरपालिका र कमल गाउँपालिकामा सबैभन्दा बढी ९५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ भने गौरीगञ्ज गाउँपालिकामा सबैभन्दा कम ७५ प्रतिशत रोपाइँ भएको छ ।

जिल्लामा सामान्यतया असारको पहिलो सातादेखि धान रोपाइँ सुरु भई साउनको अन्तिमसम्म जारी रहने गर्छ । असार १५ देखि साउन १५ गतेसम्मको अवधिलाई मुख्य रोपाइँको समय मानिन्छ । यस वर्ष मनसुन समय–समयमा सक्रिय रहँदा किसानले रोपाइँ गर्न सहज वातावरण पाएका छन् । जिल्लामा करिब ७५ हजार ४५९ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । रासस