९ पुष २०८२, बुधबार
,
Latest
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने मादीसेती मोटरेबल पुल पाँच वर्षसम्म बनेन राजधानीका तीन होटलको खाद्य गुणस्तर कमजोर पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा भारतको सहयोगमा निर्माण हुने दुई परियोजनाको शिलान्यास आजदेखि साताव्यापी ‘विराट ट्रेड एक्स्पो’, २०० बढी स्टल रहने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत ४६ रनमा अलआउट, घरेलु पिचमा सबैभन्दा कम स्कोरको रेकर्ड तोडियो



अ+ अ-

एजेन्सी । न्यूजिल्याण्ड विरुद्धको बैंगलोर टेस्टको पहिलो इनिङ्समा भारतीय टोली ४६ रनमा अलआउट भएको छ ।

यो घरेलु मैदानमा भारतको सबैभन्दा सानो स्कोर हो । सन् १९८७ मा वेस्ट इन्डिजविरुद्धको दिल्ली टेस्टमा टोली ७५ रनमा अलआउट भएको थियो ।

बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा बिहीबार भएको खेलमा भारतीय कप्तान रोहित शर्माले टस जितेर ब्याटिङ रोजे तर न्यूजिल्याण्डका फास्ट बलरले रोहितको निर्णयलाई गलत साबित गरे ।

स्विङ र बाउन्सी पिचमा भारतीय ब्याट्सम्यानले आफूलाई सम्हाल्न सकेनन् ।

ऋषभ पन्तले सर्वाधिक २० रन बनाए भने यशस्वी जैसवालले मात्र १३ रन बनाउन सके । कप्तान रोहित शर्मा (२ रन) टिम साउथीबाट बोल्ड भए । विराट कोहली, सरफराज खान, केएल राहुल, रविन्द्र जडेजा र रविचन्द्रन आश्विनले खाता पनि खोल्न सकेनन् ।

न्यूजिल्याण्डका म्याट हेनरीले ५ विकेट लिए भने विलियम ओउरकेले ४ विकेट लिए ।

अहिले दोस्रो सत्रको खेन चलिरहेको छ । पहिलो इनिङ्समा न्यूजिल्याण्डको स्कोर ३६/० छ । टम लाथम र डेभन कोनवे क्रिजमा छन् ।