१२ श्रावण २०८३, मंगलवार
,
Latest
चीनमा समुन्द्रमा डुवेको जहाजबाट ४८ जना भियतनामीको उद्धार देवानगञ्ज घटनापछि सुनसरीका केही क्षेत्रमा निषेधाज्ञा र कर्फ्यू कायमै चार महिनामा सुशासनका लागि सरकारको पहल सकारात्मक : मानव अधिकार तथा शान्ति समाज पाकिस्तानकाे रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी एआई डेटिङ एपबाट २६५ जोडीको विवाह नेप्सेको सीईओ पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान धनगढी विधि विज्ञान प्रयोगशालामा आउने ९५ प्रतिशतभन्दा बढी नमूना लागुऔषधसम्बन्धी सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन नेपाल कानून आयोगलाई सरकारी विधेयक तर्जुमाको मुख्य निकाय बनाउने तयारी, ऐन संशोधनमा सार्वजनिक सुझाव माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत-न्युजिल्यान्ड पहिलो टेस्टः ४० रनमा भारतले गुमायो ९औं विकेट



अ+ अ-

एजेन्सी । न्युजिल्याण्ड विरुद्धको बैंगलोर टेस्टको पहिलो इनिङ्समा भारतीय टोली अलआउट हुने कगारमा छ ।

टोलीले ४० रनमा ९ विकेट गुमाएको थियो । कुलदीप यादव र मोहम्मद सिराज क्रिजमा छन् ।

अहिले दोस्रो दिनको दोस्रो सत्र चलिरहेको छ । भारतीय कप्तान रोहित शर्माले टस जितेर ब्याटिङ रोजेका छन् ।

एम चिन्नास्वामी स्टेडियमको उछालपूर्ण पिचको फाइदा उठाउँदै न्युजिल्यान्डका फास्ट बलरहरूले रोहितको निर्णयलाई गलत साबित गरे ।

स्विङ र बाउन्सी पिचमा भारतीय ब्याट्सम्यानले आफ्नो पाइला पाउन सकेनन् । ऋषभ पन्तले सर्वाधिक २० रन बनाए । कप्तान रोहित शर्मा २ रन बनाएर आउट भए । उनलाई टिम साउथीले बोल्ड गरेका थिए ।

केही समय खेलेपछि यशस्वी जैसवाल १३ रनमा आउट भए । रविचन्द्रन अश्विन, रविन्द्र जडेजा, सरफराज खान र विराट कोहलीले खाता पनि खोल्न सकेनन् ।

न्युजिल्यान्डका म्याट हेनरीले ४ विकेट लिए भने विलियम ओउरकेले ३ विकेट लिए ।