१९ श्रावण २०८३, मंगलवार
,
Latest
राजनीतिक बिटका पत्रकारसँग शिक्षा तथा खेलकुदमन्त्री पोखरेलले अन्तरक्रिया गर्दै सरकारको प्राथमिकता अन्यत्रै, राज्य आतंकको अवस्था सिर्जना भयो : विष्णु रिजाल युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न जिल्ला प्रशासन कार्यालय कास्कीकाे आग्रह कान्तिपुर सेभिङ र पशुपतिसहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता गत आवमा १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार बाक्लो कुहिरोका कारण टर्कीको बोस्फोरस जलमार्गमा जहाज आवतजावत बन्द पोखरामा एलपी ग्यासको आपूर्तिमा समस्या,सिलिण्डर बोकेर लाइनमा सर्वसाधारण गाजामा इजरायली हवाई आक्रमणमा १८ जनाको मृत्यु, युद्धविरामको प्रयास अन्योलमा हर्मोज जलसन्धीमा सुरक्षित ढुवानीका लागि इरान र ओमानबीच अस्थायी मार्गबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी ब्यारेजमा ५६ वर्षयताकै बढी पानी



अ+ अ-

काठमाडौँ । सप्तकोशीमा बाँध निर्माण भएयता दोस्रो ठूलो बाढी मापन गरिएको छ ।

सन् १९६२ मा निर्माण सम्पन्न भएको कोशी ब्यारेजमा सन् १९६८ (२०२५ साल)मा अत्याधिक बाढी मापन भएको थियो ।

त्यसयता आइतबार बिहान अत्याधिक बाढीको बहाव मापन भएको थियो । आइतबार बिहानपछि भने पानीको मात्रा घट्न थालेको छ ।

आइतबार बिहान कोशी ब्यारेजमा पानीको बहाव ६ लाख ६१ हजार ०५ क्युसेक मापन भएको थियो ।

सन् १९६८ अक्टोबर ५ (२०२५ असोज २० गते) कोशीमा ७ लाख ८८ हजार २०० क्युसेक बहाव मापन भएको रेकर्ड थियो ।

जोखिम कायमै रहेका कारण ब्यारेजका ५६ वटै ढोका खोलिएको छ ।

ब्यारेजको पुलबाट अत्यावश्यक बाहेकका सवारीसाधन र पैदलयात्रीलाई आवतजावतमा रोक लगाइएको छ ।