१९ श्रावण २०८३, मंगलवार
,
Latest
उपभोक्ताले आधा सिलिण्डर ग्यास नभरिदिँदा अहिले समस्या देखियोः उद्योगसचिव दुवाडी राष्ट्र बैंक ऐन संशोधनमा सांसदबीच मतभेद, डेपुटी गभर्नरको संख्या र अर्थ सचिवको भूमिकामा फरक धारणा नेपाली नेत्र विशेषज्ञद्वारा बङ्गलादेशको ठाकुरगाँवमा निःशुल्क आँखा शिविर रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन प्रदेश सरकारको नेतृत्व परिवर्तनमा एमाले नेता भट्टराईको असन्तुष्टि, ‘साटसुट र शक्तिको भाषा किन?’ मिसिलमा क्षति पुगेका कारण लक्ष्यअनुसारको मुद्दा फछ्र्योट हुन कठिन आकस्मिक बाढीको आज मध्यम जोखिम अनशनरत नर्स रानाभाटको समर्थनमा स्वास्थ्यकर्मीद्वारा प्रदर्शन, १५ बुँदे माग सम्बोधन गर्न आग्रह (तस्बिरसहित) २० अर्ब लागतको नारायणगढ–बुटवल सडक आयोजना अन्तिम चरणमा राष्ट्र बैंकको सञ्चालक समिति सात सदस्यीय नै राख्न अर्थ मन्त्रालयको प्रश्ताव
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्यान जोखिममा परेका दुई महिलाको सफल हवाई उद्धार



अ+ अ-

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय महिला सशक्तीकरण परियोजनामार्फत ज्यान जोखिममा परेका दुई महिलाको सफल हवाई उद्धार गरी समयमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराइएको छ।

मिति २०८३ श्रावण १७ गते सङ्खुवासभा जिल्ला खाँदबारी नगरपालिका–१ निवासी ३३ वर्षीया प्रभा ढुङ्गानाले शिशुलाई जन्म दिएपछि अत्यधिक रक्तश्राव भई स्वास्थ्य अवस्था गम्भीर बनेको थियो। चिकित्सकको सिफारिसका आधारमा उहाँलाई तत्काल हवाई उद्धार गरी परोपकार स्त्री तथा प्रसूति गृह, थापाथलीमा ल्याइएको छ, जहाँ विशेषज्ञ चिकित्सकको निगरानीमा उपचार भइरहेको छ।

त्यसैगरी, मिति २०८३ श्रावण १८ गते जुम्ला जिल्ला चन्दननाथ नगरपालिका निवासी २८ वर्षीया काशीकला धरलाको गर्भमै शिशुको मृत्यु भएपछि उहाँको स्वास्थ्य अवस्था ज्यान जोखिमपूर्ण बनेको थियो। चिकित्सकीय सिफारिसअनुसार उहाँलाई तत्काल हवाई उद्धार गरी सुर्खेत प्रदेश अस्पतालमा ल्याई विशेषज्ञ उपचार सुरु गरिएको छ।

दुर्गम तथा विकट क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले समयमै विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनामार्फत निःशुल्क हवाई उद्धार सेवा सञ्चालन गर्दै आएको छ। यस सेवाले आकस्मिक अवस्थामा जीवनरक्षक स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्नुका साथै मातृ मृत्यु न्यूनीकरण, सुरक्षित मातृत्व प्रवर्द्धन तथा दुर्गम क्षेत्रका महिलाको जीवनरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले दुर्गम क्षेत्रका महिलालाई आवश्यक परेको अवस्थामा समयमै गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न यस्ता जीवनरक्षक सेवालाई निरन्तर प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको जनाएको छ।