२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाबाट ओलीको आग्रहः पहिलेकै दरमा भाडा लिएर सहयोग गर्नु



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलाकै दरमा भाडा लिएर सहयोग गर्न आग्रह गर्नुभएको छ ।

हवाई भाडा अरु बेला भन्दा महँगो भएको गुनासो सामाजिक सञ्जालमा सुनिएको भन्दै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालबाट यस्तो आग्रह गर्नुभएको हो ।

लगातारको वर्षा र बाढी पहिरोले सडक यातायात अवरुद्ध हुँदा अत्यावश्यक यात्रामा पनि अप्ठेरो परेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभएको छ – ,‘हवाई भाडा अरु बेला भन्दा महँगो भएको गुनासो सामाजिक सञ्जालमा सुनिएको छ, हवाई सेवा दिँदै आएका एयरलाइन्सहरूलाई यस्तो विपत्तिको समयमा यात्रुहरूसँग पहिले भन्दा सहुलियत मूल्यमा या पहिलाकै दरमा भाडा लिएर सहयोग गर्नुहुन अनुरोध छ ।’

नेपाल सरकार पर्यटन मन्त्रालयले पनि हवाई यात्रुको लागि र उद्धार उडानको लागि विशेष निर्णय गरेको जानकारी दिँदै उहाँले भन्नुभयो ‘हामीमाथि परेको प्राकृतिक विपत्ति हामी सबै मिलेर सामना गर्नुपर्छ ।,’

प्रधानमन्त्री ओली हाल राष्ट्र सघंको ७९ औँ महासभामा भाग लिन अमेरिकामा हुनुहुन्छ । उहाँ भोलि नेपाल फर्किने कार्यतालिका छ ।