२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलेखानी जलाशयमा पानीको सतह घट्न थाल्यो



अ+ अ-

बागमती । कुलेखानी प्रथम जलविद्युत् केन्द्रको जलाशय (इन्दसरोवर ताल)मा पछिल्लो समय पानीको सतह घट्न थालेको छ । जलाशयमा क्षमताभन्दा बढी पानी भरिएर ‘ओभरफ्लो’ भएपछि बाँधको सुरक्षालाई मध्यदिँदै आज बिहान करिब ५ बजेतिर ड्यामको दुई ढोका खोलिएको थियो । कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख तारादत्त भट्टले जलाशयमा पानीको सतह केही घटेको जानकारी दिनुभयो ।

उहाँका अनुसार कुलेखानीको जलाशयमा कूल एक हजार पाँच सय ३० मिटर पानी भण्डारण गर्ने क्षमता भए पनि आज बिहान ४ बजेतिर जलाशयमा एक हजार पाँच सय ३१ मिटर पानी भरिएरको थियो । पानी भरिएर खतराको सङ्केत देखिएपछि दुई ढोका ४ दशमल ५ मिटर खोलिएको थियो ।

ड्यामको दुई ढोका खोलिएपछि अहिलेसम्म जलसतह घटेर एक हजार पाँच सय ३० दशमलव १० मिटरमा आइपुगेको प्रमुख भट्टले बताउनुभयो । वर्षा अझै जारी रहेकोले जलाशयको ढोका खोलिएको र जलविद्युत् उत्पादन केन्द्र पूर्ण क्षमतामा सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो ।

यसैबीच जिल्ला प्रशासन कार्यालय मकवानपुरले निरन्तर वर्षा भइरहेकाले जोखिमको आधारमा थप कुलेखानीको जलाशयको ड्यामका ढोका अझै खोल्नुपर्ने अवस्था देखिनसक्ने भएकाले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै बागमती नदी किनारका बस्तीमा बाढी आउन सक्ने अवस्था देखिएको हुँदा कुलेखानीदेखि तलका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

सम्बन्धित पालिकाका स्थानीय विपद् व्यवस्थापन समितिलाई समेत उच्च सतर्क र सुरक्षित स्थानको पूर्वतयारी गर्नुहुन आग्रह गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले निरन्तरको भारी वर्षाका कारण विभिन्न क्षेत्रमा आउन सक्ने बाढीपहिरो, डुवान लगायतका अवस्थालाई मध्यनजर गरी जिल्लास्थित सबै सुरक्षा निकायलाई उच्च सतर्क अवस्था रहन लगाइएको जानकारी दिनुभयो ।

साथै जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालय, मकवानपुरबाट व्यवस्थापनको कार्यको लागि आवश्यक तयारी समेत गरिएको उहाँले बताउनुभयो । रासस