२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी News Polar उपसभापति (समावेशी) पदमा बिनोद चौधरीको मनोनयन दर्ता News Polar तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल News Polar सञ्चारमन्त्री तिमिल्सिना र सचिव पौडेलबीच कार्यसम्पादन सम्झौता News Polar दशैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाई सक्ने निर्णय News Polar कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य News Polar बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई ज्ञापनपत्र News Polar एक महिनापछि चल्यो हुम्लाको च्याममा फोरजी सेवा News Polar भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई बेलआउट दिन महासंघको माग News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना News Polar वागमतीमा सरकार बनाउने उज्यालो नेपालको दाबी, संघीय सरकारको नेतृत्व गर्ने लक्ष्य News Polar भोटेकोशी–त्रिशूली विपद् : तत्काल बेलीब्रिजदेखि अस्थायी आवाससम्मको माग News Polar भोटेकोशी–त्रिशूली विपद्को कारणबारे वैज्ञानिक अनुसन्धान गर्न सांसद लामाको माग News Polar पोखरा महानगरको पुरानो प्रशासनिक भवन भत्काउन सुरु, ६५ करोडमा नयाँ भवन बनाउने तयारी News Polar मधेशको शिक्षा सुधारको बहसः उपकुलपतिदेखि शिक्षा सचिवसम्म कस्ले के–के भने ? News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड

रणजी खेल्ने खेलाडीले कति कमाउँछन् ?

रणजी खेल्ने खेलाडीले कति कमाउँछन् ?
अ अ+ अ-

एजेन्सी । रणजी ट्रफी भारतको सबैभन्दा ठूलो घरेलु प्रतियोगिता हो । रणजी ट्रफीको पहिलो सिजन १९३४–३५ मा खेलिएको थियो । के तपाईलाई थाहा छ रणजी ट्रफी खेल्ने खेलाडीको तलब कति हुन्छ ? यो प्रतियोगिताबाट खेलाडीले कति कमाउँछन् ?

वास्तवमा रणजी ट्रफीमा ठूला खेलाडीले खेल्न नपाउनुको मुख्य कारण तलब रहेको बताइएको छ । आईपीएलमा खेलाडीले करोडौं रुपैयाँ कमाउँछन् । तर तपाईलाई थाहा पाउँदा छक्क पर्नुहुनेछ कि रणजी ट्रफीको तलब संरचना आईपीएल भन्दा धेरै फरक छ ।

रणजी ट्रफीमा खेलाडीले प्रतिदिन तलब पाउँछन् । ४० भन्दा बढी खेलको अनुभव भएका खेलाडीले प्रतिदिन ६० हजार रुपैयाँ पाउनेछन् । तर २० देखि ४० खेल खेलेकाले ५० हजार रुपैयाँ पाउँछन् । जबकि २० भन्दा कम खेल खेल्नेले प्रतिदिन ४० हजार रुपैयाँ पाउँछन् ।

बेन्चमा बसेका खेलाडीले कति पैसा पाउँछन् ? रणजी ट्रफीमा बेन्चमा बस्ने खेलाडीले यो रकमको आधा पाउँछन् । रणजी ट्रफीको समूह चरणका खेलहरू चार दिनसम्म चल्छन् भने नकआउट पाँच दिनसम्म चल्छन् ।

रणजी ट्रफीको समूह चरणमा करिब ७ खेल हुन्छन्, तीन नकआउट खेल हुन्छन् । यसरी कुनै खेलाडीले रणजी ट्रफीका सबै खेल खेलेमा उसको जम्मा १० खेल र जम्मा ४३ दिन हुनेछन् । साथै, यदि कुनै खेलाडीले सबै खेल खेलेर रणजी ट्रफी जित्छ भने उसले करिब २५ लाख पारिश्रमिक पाउँछ । यदि टोली नकआउटमा पुग्न सकेन भने खेलाडीले करिब १७ लाख रुपैयाँ कमाउन सक्नेछन् ।