२१ आश्विन २०८१, सोमबार
,
Latest
झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो म्याग्दीमा अकबरे खुर्सानीको व्यावसायिक खेती पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी



अ+ अ-

काठमाडौँ । महिला साफ च्याम्पियनसिपको बन्द प्रशिक्षणका लागि प्रारम्भिक चरणमा ४० खेलाडीको घोषणा गरिएको छ ।

घरेलु मैदान दशरथ रङ्गशालामा अक्टोबर १७ देखि ३० तारिखसम्म हुने च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक राजेन्द्र तामाङले प्रारम्भिक टोली तय गरेका हुन् ।

साविक उपविजेता नेपाल च्याम्पियनसिपको समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा श्रीलङ्का, माल्दिभ्स र भुटान रहेको छ । समूह ‘बी’ मा साविक विजेता बङ्गलादेश, भारत र पाकिस्तान रहेका छन् ।

बोलाइएका खेलाडीहरुः
अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, गीता राना, अमृता जैशी, समीक्षा घिमिरे, निशा ठोकर, पूजा राना, विमला विक, हिरा भुजेल, प्रतिक्षा चौधरी, रेणुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, दिपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिषा कार्की, विमला चौधरी, सावित्रा भण्डारी, रेखा पौडेल, रश्मीकुमारी घिसिङ, अनिता केसी, चन्द्रा भण्डारी, सरस्वती हमाल, तुलसा बोहरा, भूमिका बुढाथोकी, ममता पुन, यशोदा शाही, अञ्जली मचामसी, सुष्मा तामाङ, सुक्रिया मियाँ, सजिना कोइराला, नेहा कुमारी चौधरी, सजनी ठोकर, अनिता लामगेल, लीला जोशी, सुशीला चौधरी, कुश्मा राई र सुनिता भुलन ।