२९ भाद्र २०८३, सोमबार
,
Latest
ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व बालबालिकामा लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री शाह संसदीय दलका नेता आङदेम्बेद्वारा हरितालिकाको शुभकामना प्रधानमन्त्री शाहद्वारा हरितालिका (तीज) को शुभकामना भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घट्यो हरेक सेकेन्ड बाँच्नका लागि गरिएका असम्भव सङ्घर्षः प्राविधिक साह तीज नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतकः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला विश्वकपको आधिकारिक गीत सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । युएईमा अक्टोबर ३ बाट सुरु हुने टी–२० महिला विश्वकप अघि आईसीसीले इभेन्टको अफिसियल गीत ‘ह्वाटएभर इट टेक्स’ सार्वजनिक गरेको छ ।

यसको युट्युब च्यानलमा रिलिज भएको गीतमा साउन्ड ट्रयाकसँगै अफिसियल म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ ।

जसले टूर्नामेन्टको सिनेमेटिक पूर्वावलोकन देखाउँछ । गीतमा महिला क्रिकेटका प्रतिष्ठित क्षणहरूको हाइलाइटहरू समावेश गरिएको छ ।

उद्घाटन खेल बंगलादेश र स्कटल्याण्डबीच अक्टोबर ३ मा शारजाहमा हुनेछ ।

महिला टी–२० विश्वकप अक्टोबर ३ देखि २० सम्म युएईमा हुने छ । यस विश्वकपमा १० टोलीको सहभागिता रहनेछ । १८ दिनमा २३ खेलहरू हुनेछन् । समूह ए मा ६ पटकको च्याम्पियन अस्ट्रेलिया, भारत, पाकिस्तान, न्युजिल्यान्ड र श्रीलंका छ ।

समूह ‘बी’ मा आयोजक बंगलादेश, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्ड रहेको छ ।

हेर्नुहोस् गीतः