७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा News Polar प्रतिनिधि सभा बैठकमा सांसदहरूको न्यून उपस्थिति-फोटो फिचर News Polar राप्रपाको प्रदेश अधिवेशन असोज २१ गते, सातै प्रदेशमा निर्वाचन प्रतिनिधि तोकिए News Polar एम्बुलेन्सबाट साढे चार क्विन्टल गाँजा बरामद News Polar नागरिक लगानी कोषलाई समयानुकूल बनाउन सरकार प्रतिवद्धः कार्यवाहक प्रधानमन्त्री वाग्ले

अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा प्रधानमन्त्री ओलीले भने– नेपाल सधैं शान्तिको पक्षमा

अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा प्रधानमन्त्री ओलीले भने– नेपाल सधैं शान्तिको पक्षमा
अ+ अ-

न्युयोर्क, अमेरिका । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सधैँ शान्तिको पक्षमा रहेको बताएका छन् ।

अमेरिकाको न्युयोर्कमा रहेको कोलम्बिया विश्वविद्यालयमा ‘वल्र्ड लिडर्स फोरम’ अन्तर्गत ‘नेपालको लोकतन्त्र र आर्थिक समृद्धिको बाटो’ का विषयमा प्रस्तुति दिँदै प्रधानमन्त्री ओलीले नेपाल सधैं सत्य र शान्तिको पक्षमा रहेको बताएका हुन् ।

उनले नेपालले कुनै पनि मुलुक, क्षेत्र र संसारभर नै शान्ति चाहेको प्रस्ट पारे । ‘नेपालकै गौतम बुद्ध शान्तिका प्रतीक हुन् । नेपालको विदेश नीतिको आधारभूत नीति नै ‘सबैको मित्रता, कसैसँग पनि छैन शत्रुता’ हो,’ प्रधानमन्त्री ओलीले भने,‘नेपाल असंलग्न मुलुक हो ।’

प्रधानमन्त्री ओलीले सुरुआतमा नेपालको इतिहासदेखि हालसम्मको बाटोको राजनीतिक इतिहासलाई प्रस्तुति दिएका थिए । सुरुआतमा करिब १२ मिनेट प्रस्तुति दिएका ओलीले त्यसपछि ४५ मिनेट अन्तरक्रिया गरेका थिए । त्यसपछि कोलम्बिया विश्वविद्यालयकै ७ जना विद्यार्थीले सोधेको प्रश्नको उत्तर दिएका थिए । ओलीले नेपाल हतियार निशस्त्रीकरणको पक्षमा नेपाल रहेको बताए ।

उनले इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्वबारेको प्रश्नमाथि बोल्दै नेपाल कसैको पनि पक्षमा नरहेको प्रस्ट पारे । उनले सुरुआतमा इजरायलमा हमासले आक्रमण गर्नु गलत भएको भन्दै त्यसपछि इजरायलले विद्यालय र अस्पतालमा गरेको कारबाहीको पनि विरोध गरे ।