१९ श्रावण २०८३, मंगलवार
,
Latest
मुलुकलाई कसैको प्लेग्राउण्ड बन्न नदिन पनि एउटा सशक्त गुप्तचर निकाय आवश्यकः अमरेशकुमार सिंह सभामुख अर्यालसँग युरोपेली संघकी राजदूत लोरेन्जोको बिदाइ शिष्टाचार भेट हिन्दु सम्राट् सेनाप्रति सांसद राईको आपत्ति, सरकारलाई कडा कदम चाल्न आग्रह विभिन्न २१ मुलुक र मिसनमा राजदूत नियुक्त गरिँदै सुदूरपश्चिमका विकास आयोजना र स्थानीय समस्या समाधान गर्न रास्वपा सांसदहरूको प्रधानमन्त्रीसँग आग्रह गोली चलाउने प्रवृत्ति अन्त्य गर्न सरकारसँग अमरेश सिंहको आग्रह युवालाई सही मार्गमा ल्याउन सके सवारी दुर्घटना न्यूनीकरण गर्न सकिन्छः मुख्यमन्त्री आचार्य सुस्तामा भारतीय एसएसबी नेपाली भूमिमा प्रवेश गरेको विषयमा एमालेले माग्यो सरकारसँग जवाफ राष्ट्रिय अनुसन्धान विभागलाई कुन निकाय मातहत राख्ने भन्दा पनि सशक्त बनाउनु मुख्य विषयः सांसद पोखरेल मुलुकका पाँच सडकखण्ड अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि नेपाल पुलिस क्लबलाई



अ+ अ-

काठमाडौँ । नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको छ ।

माल्दिभ्सको मालेमा भएको फाइनल खेलमा पुलिस क्लबले उज्वेकिस्तानको हुमो भिसीलाई ३–० सोझो सेटमा हराउँदै उपाधि जितेको हो ।

उक्त प्रतियोगितामा पुलिस क्लब अपराजित रह्यो । पुलिस क्लबले पहिलो सेट २५–१६ अङ्कले जितेको थियो । दोस्रो सेट पनि उसले २५–२२ अङ्कले जितेको थियो । तेस्रो सेटमा २५–२३ अङ्कको जित निकाल्दै पुलिस क्लबले उपाधि हात पारेको हो ।

यसअघि पुलिस क्लबले लिग चरणको पहिलो खेलमा उज्वेकिस्तानको हुमो भिसीलाई नै ३–० सोझो सेटमा पराजित गरेको थियो ।

यस्तै अन्य खेलमा पुलिस क्लबले श्रीलङ्काको श्रीलङ्का एयर फोर्स र ताजकिस्तानको डाइमेड भलिबल क्बललाई ३–० सेटले नै पराजित गरेको थियो ।

यस्तै पुलिस क्लबले माल्दिभ्सको वाम्कोलाई ३–२ सेटले तथा लिग चरणको अन्तिम खेलमा घरेलु टोली माल्दिभ्स पुलिस क्लबलाई ३–१ सेटले पराजित गरेको थियो ।




भर्खरै