२९ भाद्र २०८३, सोमबार
,
Latest
तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व बालबालिकामा लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री शाह संसदीय दलका नेता आङदेम्बेद्वारा हरितालिकाको शुभकामना प्रधानमन्त्री शाहद्वारा हरितालिका (तीज) को शुभकामना भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घट्यो हरेक सेकेन्ड बाँच्नका लागि गरिएका असम्भव सङ्घर्षः प्राविधिक साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्रबार सुनचाँदीको मूल्य बढ्यो



अ+ अ-

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् बिहीबार रू. १ हजारले बढेको सुनको मूल्य शुक्रबार रू. १०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला रू.९३ हजार ८०० मा कारोबार भएको छ । बिहीवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९३ हजार ७०० मा कारोबार भएको थियो । बिहीबारको तुलनामा शुक्रवार छापावाला सुन प्रतितोला रू. १०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९३ हजार ३०० मा कारोबार भएको छ । बिहीबार तेजाबी सुन प्रतितोला रू. ९३ हजार २०० मा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला रू।.१ हजार ३१५ मा कारोबार भएको चाँदी शुक्रवार रू. १० ले बढेर रू. १ हजार ३२५ किनबेच भइरहेको छ ।