१६ भाद्र २०८३, मंगलवार
,
Latest
राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुनार भोटेकोशी बाढी र जनधनको क्षतिप्रति राष्ट्रिय सभाद्वारा विशेष प्रश्ताव पारितः सांसदहरूले १५ दिनको पारिश्रमिक सहयोग… रसुवागढी बाढीको विपद्ः राष्ट्रिय एकता कायम गरी प्रभावकारी उद्धार र राहतमा जुट्न सुवेदीको आग्रह रसुवा बाढी अपडेटः मृतकको सङ्ख्या १ हजार ३ पुग्यो, करिव ४ हजार बेपत्ता पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन (तस्बिरसहित) सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद सुचारु हुने रास्वपाको विश्वास



file photo
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संसद सुचारु हुने विश्वास व्यक्त गर्नुभएको छ ।

आईतवार सिंहदरबारमा सभामुख देवराज घिमिरेसँगको प्रमुख सचेतकहरुको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो विश्वास व्यक्त गर्नुभएको हो ।

उहाँले माओवादी केन्द्र अहिले छलफलमा रहेको र संसद सुचारु हुनेमा आशावादी रहेको बताउनु भयो । उहाँले सरकार उपसभामुखलाई हटाउने बारेमा नरहेको कुरा बैठकमा एमाले प्रमुख सचेतक महेश बर्तौलाले राख्नुभएको र आफूले धन्यवाद दिएको बतउनु भयो ।

उहाँले भन्नुभयो, ‘गएको सदनको बैठकमा भदौ १२ गते मान्य योगेश भट्टराईले बोल्नुभएको कुरा थियो । माओवादी द्वन्द्वलाई हिंसात्मक द्वन्द्व भन्नेकुरालाई लिएर माओवादीका साथीहरु बिरोधमा हुनुहुन्छ । कसरी लैजाने भन्नेबारेमा छलफल भयो ।

साथीहरु छलफलमा हुनुहुन्छ, कुरा टुंगिन्छ । उपसभामुखको विषयमा मान्य मुख्य सचेतक महेश बर्तौलाज्युले हामीले केही गर्ने त्यस्तो केही थिएन, तपाईंहरुले चाँडै कुरा उठाउनु भयो भन्नुभयो, मैले तपाईंहरुको त्यस्तो केही रहेनछ भने भनेँ । संसदमा कुरा उठाउने नै हो, कुरा बग्रेल्ती आए, हामीले उठाइ नै हाल्यौँ, तपाईंहरुको त्यस्तो केही रहेनछ भने धन्यवाद, केही पनि फेरि नहोस् भने ।’

उहाँले संसदमा एमाले सांसद योगेश भट्टराईले हिंसा शब्दको प्रयोग गरेपछि अहिलेको स्थिति सिर्जना भएको बताउनु भयो ।




भर्खरै