१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती News Polar भोटेकोशी बाढी प्रभावितका लागि ६ प्रदेशसँग सहयोगको आह्वान News Polar म्याग्दीका बाढीपहिरो प्रभावितलाई प्रवासीबाट १५ लाख सहयोग News Polar टिपरको ठक्करबाट बालिकाको मृत्यु News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा

संसदमा सभामुखको रुलिङको विरुद्धमा जाने छुट सांसदहरुलाई छैनः महेश बर्तौला

संसदमा सभामुखको रुलिङको विरुद्धमा जाने छुट सांसदहरुलाई छैनः महेश बर्तौला
अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सभामुखको रुलिङको बिरुद्धमा जाने छुट सांसदहरुलाई नरहेको बताउनुभएको छ ।

आईतवार सिंहदरबारमा सभामुख देवराज घिमिरेसँगको प्रमुख सचेतकहरुको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेकपा (माओवादी केन्द्र) का सांसदहरुले सभामुख घिमिरेले रुलिङ गरिसक्नुभएको विषयलाई लिएर संसद अवरुद्ध गर्ने भनिरहेको भन्दै संसदमा सभामुखको रुलिङ नमान्ने अधिकार नरहेको बताउनु भयो ।

उहाँले नियमावलीअनुसार नियमापत्तिको निर्णय गर्ने अन्तिम अधिकार सभामुखलाई हुने भन्दै सभामुखको रुलिङ नमाने कसको मान्नुहुन्छ ? भन्दै माओवादी सांसदहरुलाई प्रश्न गर्नुभयो ।

उहाँले सभामुखको रुलिङ हरेक सांसदले मान्ने कर्तव्य हुने बताउनु भयो । सभामुखको रुलिङबिरुद्ध आन्दोलन गर्ने कुरा बेठिक भएको बताउनु भयो । यसले माओवादीको संसदीय प्रणालीमाथि र उसको निष्ठामाथि प्रश्न सिर्जना गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संसदको प्रभावकारिताका सन्दर्भमा बैठक बोलाउनु भयो । केही दिनअघि माओवादी संसदीय दलले आजबाट हाउस अवरुद्ध गर्ने निर्णय गर्नुभयो । त्यो निर्णयको कारण के थियो भने नेकपा एमालेका मान्य सांसद योगेश भट्टराईजीले माओवादीको र हिंसात्मक आन्दोलनको सन्दर्भसँग जोडेर एउटा विषय राख्नुभयो । त्यसमा माओवादीका तर्फबाट नियमापत्ति भएको थियो । त्यो नियमापत्तिको निर्णय गर्ने अन्तिम अधिकार हाम्रो नियमावली बमोजिम सम्माननीय सभामुखज्युलाई छ ।

सम्माननीय सभामुखज्युले आज भन्दा अघिल्लो बैठकमा उहाँले निर्णय सुनाउनु भयो । जुन शब्द असंसदीय रहेन, यो शब्द हटाइरहन परेन भन्नुभयो । उहाँहरुले सभामुखको त्यो निर्णयको बिरुद्धमा आन्दोलन गर्ने, संसदमा आन्दोलन गर्ने घोषणा गर्नुभयो ।

संसद अवरुद्ध गर्ने, चल्न नदिने निर्णय गर्नुभयो । यो बीचमा सभामुखज्युले समाधानका लागि पहल गर्नुभयो । यो महत्वपूर्ण छ । सम्माननीय सभामुखज्युले गरेको रुलिङ हेरक सांसदहरुले मान्नुपर्छ । हरेक सांसदले मान्ने कर्तव्य हुन्छ ।

नियमावलीले त्यो भन्छ । नियमापत्तिमाथि निर्णय गर्ने अधिकार सभामुखको हुन्छ । जुन निर्णय अन्तिम हुन्छ । जुन निर्णय सबैले मान्नुपर्छ । त्यसको खिलाफमा गएर माओवादी साथीहरुले जुन ढंगले निर्णय अस्वीकार गर्ने र निर्णय नसच्याएसम्म आन्दोलन गर्ने कुरा गर्नुभयो । यो बेठिक छ ।

यसले माओवादीको संसदीय प्रणालीमाथि र उसको निष्ठामाथि यसले प्रश्न सिर्जना गरेको छ । सभामुखज्युले संसदमा भनेको कुरा नमान्ने हो भने सभामा कसले भनेको कुरा मान्ने हो ? कसले गरेको रुलिङ आत्मसाथ गर्ने ? यो गम्भीर प्रश्न छ । संसदको प्रतिष्ठा जीवन्त राख्नेकुरामा नियमावलीले जे भन्छ, त्यस बमोजिम हामी सबै चलौँ ।’

प्रमुख सचेतक बर्तौलाले संसदको प्रतिष्ठा जीवन्त राख्नेकुरामा नियमावलीले भनेअनुसार चल्न माओवादी सांसदहरुसँग आग्रह गर्नुभयो ।