१८ आश्विन २०८१, शुक्रबार
,
Latest
हेटौँडा–चित्लाङ–चन्द्रागिरि–काठमाडौँ र हेटौँडा–पालुङ–नौबिसे सडकमा गुड्नथाले गाडी तुईन र फड्केले जोडियो तातोपानी नाका यो हो विश्वको सबैभन्दा छोटो हवाई यात्रा, मात्र ८० सेकेन्डमा यात्रा सकिने सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ? गाजामा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ४१ हजार ७८८ पुग्यो एकचालिस करोडको निर्माणाधीन चौतारा रङ्गशाला अलपत्र दशैंमा मासु मात्र खाने हो कि दाँतको पनि ख्याल गर्नुहुन्छ ? बस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा अध्यक्ष दाहालको जोड नवरात्रमा पनि सुनसान पाथीभरा उपभोक्ताको गुनासो: ‘महँगो दशैँ, हरेक सामानमा बार्गेनिङ गर्नुपर्छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद अवरोध गर्ने/नगर्नेबारे माओवादीले संसदीय दलको बैठकमा छलफल गर्ने



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले संसद अवरोध जारी राख्ने भएको छ ।

आईतवार सिंहदरबारमा सभामुख देवराज घिमिरेसँगको प्रमुख सचेतकहरुको छलफलमा पनि बैठक निस्कर्षमा पुग्न नसकेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले आफूहरु छलफलकै क्रममा रहेको र पार्टीको संसदीय दलको बैठकमा सभामुखसँग भएको छलफलबारे कुरा राख्ने बताउनु भयो । उहाँले संसदमा भदौ १२ गते नेकपा एमाले सांसद योगेशकुमार भट्टराईले बोल्नुभएको हिंसा शब्दमा मात्रै नभइ मग्र जनयुद्धको भावमा प्रहार भएको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी छलफलकै क्रममा छौँ, माओवादी केन्द्रले जुन विषयवस्तु उठाइरहेको छ, खालि शब्दमा मात्रै कुरा होइन, समग्र जनयुद्धको भाव, त्यहाँ व्यक्त भएका विषयवस्तुसँग यो सम्बन्धित छ । त्यसकारण हाम्रो दलले अवरोध जारी गर्ने निर्णय गरेको छ ।

फेरि पनि संसद व्यवस्थित बनाउनुपर्छ भन्नेकुरा यहाँ भएको छ । यहाँ भएको विषयवस्तु आफ्नो दलमा लगेर राख्दिन्छु । यतिन्जेलसम्म दलले जुन निर्णय गरेको छ, त्यसैअनुसार लैजानेछौँ । केही समय छलफल गर्नुस् न त भनेर सम्माननीयज्युले निर्देश गरिसकेपछि यहाँ छलफल भएको विषयवस्तु आफ्नो दलमा लैजान्छु ।’

प्रमुख सचेतक पाण्डेले आफूहरु अहिले छलफलकै क्रममा रहेको बताउनु भयो ।