१५ श्रावण २०८३, शुक्रबार
,
Latest
सरकारले घृणा र विभाजनको राजनीतिलाई वैधता दिन खोजेको सांसद झाँक्रीको आरोप प्रधानमन्त्रीलाई काँग्रेस सांसदको सुझाव– ‘शपथ समारोहको शंख ध्वनीले अल्पसंख्यक र बहुसंख्यक समुदायमा परेको मानसिक असर… अदालती रिपोर्टिङ विशिष्टीकृत र व्यावसायिक हुनुपर्छः न्यायाधीश फुयाँल कृष्णप्रसाद सिटौलाको प्रश्न– ‘प्रधानमन्त्री किन संसद छलेर पर्दाभित्रबाट शासन चलाउँदै हुनुहुन्छ ?’ जिएएमएमए एसियन च्याम्पियनसिपमा नेपाली खेलाडीको सफलता, तीन पदक जिते सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल, विकास आयोजनाको सुरक्षा गर्न सरकारसँग आग्रह सङ्घीयता विरोधी सपनामा पनि नसोच्नुहोस्ः प्रधानमन्त्री शाह सुनसरी र मधेसका घटनामा सरकार जिम्मेवार छः सांसद बिष्ट प्रधानमन्त्री शाहसँग मधेस केन्द्रित दलका नेताको छलफल : समस्या समाधानमा सक्रिय हुन आग्रह तराई–मधेशको पछिल्लो अवस्थाबारे प्रधानमन्त्री शाहको सांसदहरूसँग छलफल सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

गैँडाको आक्रमणबाट गाइडको मृत्यु, पर्यटक र चौकीदार घाइते



अ+ अ-

गुलरिया । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने डल्ला सामुदायिक वनमा गैँडाको आक्रमणबाट एक पथप्रर्दशक (गाइड)को मृत्यु भएको छभने विदेशी पर्यटकसहित दुईजना घाइते भएका छन् ।

मधुवन नगरपालिका–१ स्थित वनमा वन्यजन्तु अवलोकन गर्ने क्रममा आज बिहान एकसिङ्गे गैँडाले आक्रमण गरेको थियो ।

आक्रमणबाट ठाकुरबाबा नगरपालिका–९ निवासी अन्दाजी ३५ वर्षीय ‘नेचर गाइड’ मनमोहन चौधरीको घटनास्थलमै मृत्यु भएको मधुवन नगरपालिका–१ का वडाध्यक्ष मीन थापाले जानकारी दिनुभयो ।

आक्रमणबाट अमेरिकी नागरिक अन्दाजी ५६ वर्षीय एमसी लेनडन शावन र सामुदायिक वनका चौकीदार ५८ वर्षीय खिन्चु चौधरी घाइते हुनुभएको छ ।

गैँडाले गाइडको पेटमा र विदेशी पर्यटकको पुठ्ठामा आक्रमण गरेको जनाइएको छ । घाइते पर्यटकको ठाकुरबाबा नगर अस्पताल भुरीगाउँमा उपचार भइरहेको छ । प्रहरीकानुसार उहाँको अवस्था मध्यम र चौकीदार चौधरीको अवस्था सामान्य रहेको छ ।




भर्खरै