८ भाद्र २०८३, सोमबार
,
Latest
गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति रास्वपा सांसदद्वारा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि एकीकृत कार्ययोजना ल्याउन माग स्याङ्जामा अवैध उत्खननमा प्रयोग भएका दुई ट्याक्टरलाई जरिवाना भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न तथा पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै… मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि स्थानीय स्तरमै समाधान खोज्न आवश्यकः प्रवक्ता डा. ढकाल सहअस्तित्वका नाममा वन्यजन्तु संरक्षणको भार किसानलाई मात्र बोकाउन नहुने मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सांसद ढकालको माग वन्यजन्तु र छाडा चौपायाको समस्या समाधान गर्न सरकारसँग सांसद भाटको माग पशुपतिनाथमा विशेष पूजा कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा एकैदिनमा थप साढे तीन लाख सङ्क्रमित



अ+ अ-

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट एकैदिनमा थप झण्डै साढे तीन लाख मानिस सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४७ हजार २५४ जना नयाँ सङ्क्रमित भएका हुन् ।

दैनिक सङ्क्रमितहरूको सङ्ख्या १७.९७ प्रतिशतको दरले वृद्धि भएको पनि भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । अघिल्लो दिन विहीवार सार्वजनिक गरिएको तथ्याङ्कको तुलनामा शुक्रबार सार्वजनिक गरिएको विवरणमा सङ्क्रमितहरूको सङ्ख्या २९ हजार ७२२ बढी रहेको छ ।

अघिल्लो दिन भारतमा तीन लाख १७ हजार ५३२ जना नयाँ सङ्क्रमित भएको  विवरण सार्वजनिक गरिएको थियो । सङ्क्रमितहरूको सङ्ख्यामा साप्ताहिक रुपमा १६.५६ प्रतिशतले वृद्धि भएको पाइएको पनि अधिकारीहरूले जनाएका छन् ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या पनि दिन प्रति दिन बढ्दै गइरहेको तथ्याङ्कले देखाएको छ । पछिल्लो विवरण अनुसार भारतमा अहिले २० लाख १८ हजार ८२५ जना कोरोना भाइरसबाट सङ्क्रमित अवस्थामै रहेका छन् ।

पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या भने दुई लाख ५१ हजार ७७७ रहेको छ । एउटै अवधिमा नयाँ सङ्क्रमितहरूको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या थोरै भएकाले पनि सक्रिय सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको हो । (रासस/एएनआई)




भर्खरै