२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिलाको जीवनमा गुणात्मक रुपान्तरण ल्याउनु प्रमुख कार्यभारः अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा गुणात्मक रुपान्तरण ल्याउनु अबको प्रमुख कार्यभार भएको बताउनुभएको छ ।

हरितालिका तीजका अवसरमा आज शुभकामना दिँदै अध्यक्ष दाहालले सामाजिक रुपान्तरणका लागि तीजबाट प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले जनयुद्ध तथा ऐतिहासिक जनआन्दोलनका बलमा जारी भएको नेपालको संविधानबाट प्राप्त अधिकारको पूर्ण कार्यान्वयनमा जोड दिनुभयो ।

अध्यक्ष दाहालले हरितालिका तीजका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा, दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवं सुस्वास्थ्य र दीर्घ जीवनको शुभकामना व्यक्त गर्नुभएको छ ।

“नेपाली महिलाले परापूर्वकालदेखि धार्मिक सांस्कृतिक पर्वका रुपमा मनाउँदै आएको तीजका मौलिक पक्षको संरक्षण गर्नुका साथै नेपाली समाजमा आएको परिवर्तनलाई आत्मसात् गर्दै यसलाई लैङ्गिक समानता र सामाजिक सशक्तीकरणका अवसरका रुपमा समेत लिनुहुने छ भन्ने विश्वास व्यक्त गर्दछु”, अध्यक्ष दाहालले शुभकामना सन्देशमा भन्नुभएको छ । रासस