१९ श्रावण २०८३, मंगलवार
,
Latest
कप्तानगञ्ज घटनामा घाइते रविन्द्र मेहताको उपचारका क्रममा निधन ज्यान जोखिममा परेका दुई महिलाको सफल हवाई उद्धार अर्थमन्त्री स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका सिइयोसँग छलफल गर्दै जलवायु नीति संशोधनमा युवाको प्रत्यक्ष सहभागिता र छुट्टै वित्तीय कोषको माग मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो हटाइयो, दुईतर्फी यातायात सञ्चालन सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना सिजन मिडियाद्वारा ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२६’ आयोजना हुने मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो, एकतर्फी आवागमन अवरुद्ध राजनीतिक बिटका पत्रकारसँग शिक्षा तथा खेलकुदमन्त्री पोखरेलले अन्तरक्रिया गर्दै सरकारको प्राथमिकता अन्यत्रै, राज्य आतंकको अवस्था सिर्जना भयो : विष्णु रिजाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव बेचबिखनविरुद्ध राष्ट्रिय दिवसको प्रधानमन्त्रीद्वारा शुभकामना



file photo
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मानव बेचबिखनविरुद्धको १८औँ राष्ट्रिय दिवसका अवसरमा मानव बेचबिखनविरुद्धको अभियानलाई सफल बनाउन सबै क्रियाशील भएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले आज शुभकामना सन्देश जारी गर्दै यस दिवसले सबैलाई थप प्रेरणा दिन सकोस् भन्ने कामना व्यक्त गर्नुभएको छ । ‘तीनै तहका सरकारको प्रतिबद्धताः मानव बेचबिखनविरुद्ध सबैको ऐक्यबद्धता’ भन्ने नाराका साथ मनाउन लागिएको १८औँ राष्ट्रिय दिवसका अवसरमा उहाँले सबैमा शुभकामना व्यक्त गर्नुभएको हो ।

“मानव बेचबिखन तथा ओसारपसार मानव सभ्यताको कलङ्क र जघन्य अपराघ हो । समय क्रमसँगै मानव बेचबिखन तथा ओसारपसारको प्रकृति, स्वरुप र गन्तव्यमा निरन्तर परिवर्तन हुँदै गएको पाइएको छ”, सन्देशमा भनिएको छ, “नेपालबाट कामको खोजीमा वैदेशिक रोजगारीका लागि सरकारले प्रतिबन्ध लगाएका मुलुकमा घरेलु कामदारका रुपमा जाने क्रममा अधिकांश महिला बेचबिखनमा पर्नुका साथै मनोरञ्जनात्मक क्षेत्रमा काम गर्ने किशोरी पनि मानव बेचबिखनका दृष्टिले बढी जोखिममा छन् ।”

प्रधानमन्त्री ओलीले बालबालिका र किशोरीहरुको बढ्दो बेचबिखन न्यूनीकरण गर्दै लैजान सरकारले विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । उहाँले मानव बेचबिखन अन्त्य गर्न सरकारले सचेतनाका साथै निरपेक्ष गरिबीको रेखामुनि रहेका जनतालाई माथि उठाउँदै गरिबी निवारण गर्ने नीति लिएको उल्लेख गर्नुभयो ।

शुभकामना सन्देशमा भनिएको छ, “गरिबी, अशिक्षा, बेरोजगारी तथा विभिन्न किसिमका हिंसा, विभेद् र समाजमा विद्यमान कुरीतिजन्य अभ्यासका कारण भइरहेका यस किसिमका आपाराधिक कार्य पूर्ण रुपमा नियन्त्रण गर्न सरकार निरोधात्मक तथा उपचारात्मक उपाय अवलम्बन गर्दै जान प्रतिबद्ध छ ।” उहाँले मानव बेचबिखन अन्त्य गर्न बनेका कानुनको कडाइका साथ सरकारले कार्यान्वयन गरिरहेको बताउनुभयो ।