• ३१ असार २०८१, सोमबार
  •      Mon Jul 15 2024
  •   Unicode
Logo

फेरेन्क भारोसमाथी बार्सिलोनाको शानदार जित



लन्डन । युरोपेली च्याम्पियन्स लिगको समूह ‘जी’को खेलमा बार्सिलोनाले फेरेन्क भारोसलाई ३–० गोलअन्तरले हराएको छ । बार्सिलोनाका लागि एन्टोनी ग्रिजम्यानले खेलको १४ औं मिनेटमा पहिलो गोल गरेका थिए ।

त्यस्तै ब्रेथवेटले खेलको २० औं मिनेटमा द्रोस्रो गोल गर्दै खेललाई २–० को अन्तरमा पुर्याएको थियो । त्यसैगरी ओसमाने डिम्बालेले २८ औं मिनेटमा बार्सिलोनाको लागि गरेको गोल नै खेलको अन्तिम गोल  बनेको थिायो ।

त्यस्तै खेलको दौरान बार्सिलोनाका बसक्वेट्स, ग्रिजम्यान र ट्रिरनकावोले पहेँलो कार्ड पनि पाएका थिए ।