१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले टुंग्यायो नाम, कांग्रेस कसरतमा, को–को बन्दैछन् आज मन्त्री ?



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सपथ लिएसँगै मन्त्रिपरिषद् विस्तार गर्नुहुने भएको छ । प्रधानमन्त्रीको सपथसँगै मन्त्रीहरुलाई पनि सपथ दिलाउने कार्यक्रम छ ।

सरकारको नेतृत्व गर्ने दल एमालेले सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाएको छ । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बाल्कोटमा बसेको कोर ग्रुपका नेताहरुको बैठकले सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको हो ।

एमालेले नेताहरु विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, विद्या भट्टराई र दामोदर भण्डारीलाई मन्त्री बनाउने निर्णय गरेको छ । अन्यका बारेमा छलफल भइरहेकाे छ ।

सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसबीच आठ वटा मन्त्रालय एमालेले र ९ वटा कांग्रेसले लिने सहमति भएको छ । प्रधानमन्त्री ओलीले आज १५ जना मन्त्रीसहित सपथ लिने तयारी गरेका छन् ।

यता नेपाली कांग्रेसले भने अहिलेसम्म मन्त्रीको नाम टुंगो लगाउन सकेको छैन । कांग्रेसले प्रकाशमान सिंहको नेतृत्वमा आफ्ना मन्त्री पठाउने तयारी गरेको छ । सभापति शेरबहादुर देउवाले सिंहको नेतृत्वमा रमेश लेखक, आरज्ु राणा, अजय चौरसियालाई मन्त्री बनाउने तयारी गर्नुभएको छ ।

यस्तै शेखर कोइराला–गगन थापा समूहले प्रदीप पौडेललाई मन्त्री बनाउन चाहेको छ । यो समूहले पौडेलसहित हृदयराम थानी, रामनाथ अधिकारी र तेजुलाल चौधरीलाई मन्त्री बनाउन देउवालाई भनेको छ । देउवाले आज प्रधानमन्त्रीले सपथ लिने बेलासम्म मन्त्री बन्नेहरुको नाम टुंगो लगाउने बताइएको छ ।

कांग्रेसले गृह, परराष्ट्र, उर्जा, जलस्रोत तथा सिँचाई, शहरी विकास, स्वास्थ्य तथा जनसंख्या, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पाएको छ ।

यसगरी नेकपा एमालेले अर्थ, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, सञ्चार तथा सूचना प्रविधि र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पाएका छन् ।