६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

भेटिएनन् ५७ यात्रु, सिमलतालमा आफन्तको बिलौना

भेटिएनन् ५७ यात्रु, सिमलतालमा आफन्तको बिलौना
अ+ अ-

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा गएको पहिरोमा परेर चार दिनअघि (शुक्रबार) त्रिशूली नदीमा हराइरहेकामध्ये अहिलेसम्म पाँच वटा शव मात्र फेला परेका छन् । शनिबार दुई र हिजो (आइतबार) तीन शप फेला परेका हुन् । बाँकी ५७ जनाको अवस्था अझै अज्ञात छ ।

घटनास्थलभन्दा ५० किलोमिटर तल गैंडाकोटदेखि गोलाघाट क्षेत्रमा ती शव फेला परेका हुन् । गण्डक नहरमा दुई र सुस्तामा एक शव फेला परेका छन् । तर ती शवको पहिचान भएको छैन ।

चितवन प्रशासनले आइतबार नयाँ विवरण सार्वजनिक गर्दै काठमाडौंदेखि गौर जाँदै गरेको बसमा ३८ जना र वीरगन्जदेखि काठमाडौं जाँदै गरेको बसमा २७ गरी ६५ जना यात्रु रहेको जनाएको छ । जसमा तीन यात्रु पौडिएर बाँच्न सफल भए पनि दुई बस र बाँकी ५७ यात्रु भने चार दिन बित्दा पनि फेला पर्न सकेका छैनन् । सनाखत भएका पाँच शव आफन्तले बुझिसकेका छन् ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले हराईका दुई बससँगै यात्रुको खोजी जारी रहेको बताए । आज पनि बिहानैदेखि खोजी गरिने उनको भनाइ छ । घटनास्थल आसपास खोजी कार्यमा संलग्न सशस्त्र प्रहरीको गोताखोर टोली र सेनाको टोलीले बसको एक थान पर्दा र बच्चाको ट्राउजर मात्र फेला पारेको छ । बस घटनास्थल नजिकै रहेको संकेत मिलेको भन्दै प्रजिअ यादवले सोमबार गोताखोर पानीभित्रै गएर खोजी गर्ने बताए । हराइरहेका यात्रुका आफन्त धमाधम सिमलताल क्षेत्रमा आएर बिलौना गरिरहेका छन् । उनीहरूले घटनास्थलमा भएको उद्धार सुस्त र प्रविधियुक्त नभएको भन्दै आफन्त भेटिनेमा आशंका व्यक्त गरिरहेका छन् ।

अहिलेसम्म फेला परेकामध्ये अधिकांश शव बालुवाले शरीरको भाग पुरेको अवस्थामा छन् । नदीको बहाव कम हुँदै जाँदा शव फेला पर्न थालेका हुन् । प्रहरीका १५ वटा टोली खोजीका लागि गोलाघाटसम्म खटिएका छन् । सेनाका तीन टोली र सशस्त्रको एउटा मोटरबोट, सातवटा र्‍याफ्टिङ बोटसहित १५ टोली खटेका छन् ।

हराएका यात्रुका आफन्तले विदेशबाट गोताखोर मगाएर भए पनि खोजी गर्न माग गरिरहेका छन् ।