६ भाद्र २०८३, शनिबार
,
Latest
इबोला प्रकोपबिच डीआर कङ्गोमा १६ हजार २५० डोज खोप आइपुग्यो फुटेका पैताला र सडकपेटीको त्रिपालः राजधानीको आँगनमा निमुखा नागरिकको आर्तनाद (फोटो फिचर) गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन प्रधानमन्त्री शाह मुस्ताङतर्फ, मुक्तिनाथको दर्शन गर्ने कोशीमा विद्युत् सेवा सुधार र खपत बढाउन मन्त्री श्रेष्ठको जोड मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु अदालतबाट होइन, पार्टी कार्यालयबाटै संवादमार्फत काँग्रेसलाई एकतावद्ध बनाउँः विश्वप्रकाश शर्मा ‘कन्याजाली परीक्षण मात्रै बलात्कारको निर्णायक प्रमाण होइन’: सर्वोच्च अदालत काँग्रेसको महिला ‘ग्रिन रन’: जलवायु सचेतनासँगै ‘जस्टिस फर गरिमा’को माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

विम्बल्डन टेनिसको उपाधि कार्लोस अल्काराजले जिते



अ+ अ-

विम्बल्डन लनटेनिस तर्फ पुरूष एकलको उपाधि स्पेनका कार्लोस अल्काराजले जितेका छन् ।

लन्डनको अल इङल्यान्ड क्लबको घाँसे कोर्टमा सम्पन्न फाइनल खेलमा अल्काराजले नोभाक जोकोभिचलाइ ६-२, ६-२ र ७-६ को सोझो सेटमा पराजित गरेका थिए । यसअघि सन् २०२३ मा पनि अल्काराजले जोकोभिचलाइ नै पराजित गरेर उपाधि चुमेका थिए ।

२१ वर्षकै उमेरमा अल्काराजले २ विम्बल्डन सहित ४ ग्रान्डस्लाम उपाधि जितिसकेका छन् । यसअघि सन् २०२२ मा उनले युएस अोपन र गत महिना फ्रेन्च अोपन जितेका थिए ।

घुँडाको शल्यक्रिया गरेका कारण सुस्त देखिएका नोभाकसामु अल्काराज सुरूदेखि नै हाबी भएका थिए ।