२१ असार २०८३, आईतवार
,
Latest
संवेदनशील विषयमा मन्त्रीहरूको अभिव्यक्ति प्रति गगन थापाको असन्तुष्टि, ‘सरकारले संविधानको संवेदनशीलता बिर्सियो’ मौद्रिक नीतिबाट ठोस राहत नआए अर्थतन्त्रले नयाँ छलाङ मार्न सक्दैनः अध्यक्ष श्रेष्ठ लिग–२ त्रिदेशीय शृङ्खलाका लागि नेपाली टोली नेदरल्यान्ड्स प्रस्थान, क्यानद्वारा बिदाइ एक हजारभन्दा बढी प्रतिनिधिसहित घरेलु तथा साना उद्योग महासङ्घको महाधिवेशन सुरु ३९ लाख ठगीको अभियोगमा पक्राउ सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने मौद्रिक नीतिप्रति निजी क्षेत्रको उच्च अपेक्षा, कर्जा प्रवाह र उत्पादनमुखी नीति ल्याउन महासंघको आग्रह अर्थमन्त्री डा. वाग्लेका १०० दिन: कानुनी सुधारदेखि डिजिटल सेवा विस्तारसम्मका उपलब्धि सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै



अ+ अ-

काठमाडौँ । साफ महिला क्लब च्याम्पियनसिप’को उपाधिका लागि एपीएफ र भारतको इस्ट बङ्गाल प्रतिस्पर्धा गर्दैछन् ।

फाइनल खेल आज (शनिबार) साँझ ५ः०० बजेदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुँदैछ ।

एपीएफका प्रशिक्षक जिवेश पाण्डेले फाइनल खेलमा कमजोरी सुधार गर्दै लैजाने उल्लेख गर्दै त्यसका लागि सोहीअनुरूप तालिम गरिएको बताए ।

यस्तै, एपीएफकी कप्तान अनिता बस्नेतले क्लबभन्दा पनि देशलाई नै प्रतिनिधित्व गरिरहेको जनाउँदै इस्ट बङ्गालको सामना गर्न तयार रहेको बताइन् ।

इस्ट बङ्गालका प्रशिक्षक र कप्तानले पनि फाइनल खेलमा आफ्नोतर्फबाट उत्कृष्ट खेल हुने बताए ।

प्रतियोगितामा दक्षिण एसियाका विभिन्न पाँच राष्ट्रका च्याम्पियन क्लबहरू सहभागी थिए । यही मङ्सिर १९ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बङ्गाल, बङ्गलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागिता जनाएका थिए ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गरेको प्रतियोगिताको विजेताले १० हजार अमेरिकी डलर र उपविजेताले पाँच हजार अमेरिकी डलर प्राप्त गर्नेछन् ।