१८ भाद्र २०८३, बिहीबार
,
Latest
माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप निष्क्रिय व्यवस्था जगाउन मात्रै विशेष सेवा विधेयक ल्याइएको हो : मन्त्री गौतम ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश सुशीला कार्की सरकारले लोकतान्त्रिक मूल्य–मान्यता भत्कायो, अहिलेको सरकारले सच्याउँदैछः रामकुमारी झाँक्री बाढीपछि नुवाकोट र रसुवामा वैकल्पिक सडक सञ्चालनमा त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङ खुलाउन उद्धार टोलीको निरन्तर प्रयास भूकम्पको तुलनामा बाढीको क्षति झनै विभत्सः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल



अ+ अ-

ललितपुर। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा राष्ट्रिय र राजनीतिक सहमति भए कम लागतमै इभोटिङको व्यवस्था गर्न सकिने विचार व्यक्त गर्नुभएको छ ।

कम्प्युटर एसाृसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले शनिबार ललितपुरमा आयोजना गरेको ‘क्यान बिटुबी समिट २०२५’ लाई सम्बोधन गर्दै मन्त्री खरेलले सूचना प्रविधिको माध्यमबाट कम खर्चमा नै मतदान गर्ने ब्यवस्था मिलाउन दवाव दिनुपर्ने खाँचो औंल्याउनुभयो ।

सञ्चारमन्त्री खरेलले भन्नुभयो,“सूचना प्रविधिको युगमा पनि अर्बौं रकम खर्च गरेर मत पत्र छापेर मतदान गराएर नाम्लो लगाएर दुई दिन लगाएर बोकेर ल्याउनुपर्ने बाध्यता छ, सूचना प्रविधिको माध्यमबाट कम खर्चमा नै मतदान गर्ने ब्यवस्था मिलाउन दवाव दिनुपर्ने अवस्था छ ।”

मन्त्री खरेलले डिजिटल रुपान्तरणको युगमा सरकार प्रविधिमैत्री भएर अगाडि बढ्नुको विकल्प नरहेको उल्लेख गर्नुभयो । सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चारमन्त्री खरेलले जेनजी आन्दोलनको भावना अनुसार सरकारले सुशासन कायम र फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नेगरी सबैखाले तयारी गरिएको जानकारी दिनुभयो ।

सञ्चारमन्त्री खरेलले भन्नुभयो,“पहिला–पहिला मेरोगाउँमा बाटो चाहियो भनेर माग हुन्थ्यो, तर अहिले डिजिटल मार्गका लागि माग बढ्दो अवस्था छ, मन्त्रालयमा फाइलको चाङ लागिरहेको छ । यस अबधिमा सूचना प्रविधिको क्षेत्रमा नीतिगत व्यवस्था र संरचनागत सुधारमा मिहिनेतकासाथ काम गर्नेछौँ ।”

उहाँले आगामी निर्वाचनमा राम्रो मान्छेलाई राजनीतिमा ल्याउन क्यान महासंघले पनि ध्यान दिनुपर्ने खाँचो औंल्याउनुभयो ।

सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा उद्यम गरिरहेका देशभरका प्रतिनिधिहरुबिच व्यवसायिक रणनीति बनाउन, व्यवसाय सम्बन्धि जिज्ञासा मेट्न, सूचना तथा सञ्चार प्रविधि सम्बन्धि व्यापार वृद्धि गरी देशको अर्थतन्त्रमा टेवा पु¥याउने उद्देश्यले समिट आयोजना गरिएको क्यान महासंघले जनाएको छ ।




भर्खरै