१८ भाद्र २०८३, बिहीबार
,
Latest
श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ



अ+ अ-

काठमाडौँ: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले कानून जनतालाई तगारोका रुपमा नभइ सहजीकरणका लागि बनाइनुपर्ने बताउनुभएको छ ।

नेपाल कानून समाजद्वारा काठमाठौंमा आयोजित तीन दिने कानून निर्माणमा स्थानीय तहको प्रभावकारी भुमिका विषयक अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले कानून निर्माणको कुरा जटिल रहेको भन्दै जटिलताको बीचमा सहजता र सरलता खोज्नुपर्ने बताउनु भयो । स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएकाले आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी रहेको बताउनु भयो ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले नागरिकले लाभ लिनसक्ने अवस्थामा कानूनहरु तर्जुमा हुनुपर्ने भन्दै कानूनहरु बनाउने र टेबुलमा थन्क्याउने कानूनको उद्देश्य नभएको बताउनु भयो । जतिसुकै वर्ष लगाएर बनाए पनि कानून दोषरहित हुन नसक्ने र संशोधनको प्रक्रिया निरन्तर भइरहने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘कानून निर्माणको कुरा असाध्यै जटिल कुरा छ । यो दार्शनिक, व्यवहारिक रुपले पनि जटिल छ । संरचनात्मक हिसावले पनि जटिल छ । यो जटिलताको बीचमा हामी सरलता खोज्नुपर्नेछ । स्थानीय तह भनेको सबैभन्दा नजिकको र जनताको प्रत्यक्ष सम्पर्कमा आउने तह भएकाले यहाँ कानूनका जटिलता, जञ्जालयुक्त कानून हामीले बनाउने कोशिस होइन की सरल कानून, स्थानीय जनताले बुझ्नसक्ने बनाउनुपर्छ । नागरिकले लाभ लिनसक्ने अवस्थामा कानूनहरु तर्जुमा हुनुपर्छ । कानूनहरु बनाउने र टेबुलमा थन्क्याउने यो कानूनको उद्देश्य होइन । नीति, निर्देशिका, कार्यविधि, ऐनहरु पनि धेरै बनेको देख्छु, ति कानूनहरु कति कार्यान्वयन भए, जनतालाई कति सुनाइयो, भन्ने मौका पाए पाएनन् । सरलीकृत रुपमा जनतालाई बुझाउने प्रयास भयो की भएन ? सरलीकृत नभए संशोधन गर्नुपर्छ । एक पटक बनाएर कुनै ऐन पूर्ण हुन सक्दैन । जतिसुकै वर्ष लगाएर बनाए पनि कानून दोषरहित हुन्छ भन्न सकिँदैन ।’

उहाँले कानून निर्माणको कुरा धेरै जटिल रहेको बताउनु भयो । उठेका प्रश्नको संशोधन र समाधान गर्दै जानुपर्ने उल्लेख गर्नुभयो । तीन दिने अभिमुखीकरण कार्यक्रममा स्थानीयका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संयोजन गरेको कानून समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले २०५४ साल देखी नै स्थानीय तहलाई कानून निर्माणमा सहजीकरण गरेको जानकारी दिनु भयो ।

उहाँले भन्नुभयो -२०७४ साल पछि तीनै तह संगको सहकार्य गर्दे व्यबहारिक कानून बनाउन समाजले सहजिकरण गरेको छ । जसका कारण कानूनी जटिलता भन्दा पनि व्यवहारिकतालाई ध्यान दिएर कानून निर्माण गर्ने क्रम सुरु भएको छ ।

पछिल्लो समय जनसरोकारका विधेयकको मस्यौदा तयार भएपछि अध्ययन, अनुसन्धान र छलफलका लागि समाजले प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ । –न्युज एजेन्सी नेपाल