• ३२ श्रावण २०८१, शुक्रबार
  •      Fri Aug 16 2024
  •   Unicode
Logo
Latest
★   गठ्ठाघर दुर्घटनाको छानबिन गर्न कमिटी गठन ★   अमेरिकी उपबिदेशमन्त्रीको नेपाल भ्रमण: सेनालाई २ वटा हेलिकप्टर दिने ★   गगन थापा भन्छन्ः सञ्चार माध्याममा बोल्दा पनि डर लाग्छ ★   भोटेकोशी बाढी: खुम्बुमा एक बेपत्ता, विद्यालय, स्वास्थ्य चौकीसहित दर्जन बढी घर बगायो ★   किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन ★   डिजिटल बैंकिङ कारोबारलाई ऐनमार्फत व्यवस्थित गर्न सांसदहरुको जोड ★   कन्सल्टेन्सीहरुको नाममा विदेश पठाउने काम गर्नेहरुको अनुसन्धान भइरहेको छ: मन्त्री भण्डारी ★   जलवायु क्षेत्रका ५० अभियान्ताका पाँच प्रतिबद्धता ★   कोलकाता बलात्कार–हत्या प्रकरण, पूर्व प्रधानाध्यापक सीबीआई हिरासतमा ★   मेलम्ची खानेपानी भरपर्दो छैन, ‘रेन वाटर होर्भेटिङ’ शुरु गरौं: ईश्वर पोखरेल

नयाँ सडकको फुटपाथ निर्माणको बाटो खुल्यो, उच्च अदालतबाट अन्तरिम आदेश



काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले नयाँ सडकमा सुरु गरेको फुटपाथ (सडक पेटी) विस्तारको कामले निरन्तर गर्न पाउने भएको छ । महानगरपालिकाले पैदलमार्ग सुधारका लागि थालेको काम डिभिजन सडक कार्यालय, काठमाडौँको हस्तक्षेपका कारण रोकिएको थियो ।

यसरी रोकिएको काम उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासबाट आज महानगरपालिकाले माग गरेबमोजिमको अन्तरिम आदेश दिएपछि काम फेरि सुरु हुने भएको हो ।

नयाँ सडक क्षेत्रलाई पैदलमैत्री बनाउन महानगरपालिकाले बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर गत जेठ ११ गतेदेखि काम थालेको थियो । उक्त काममा जेठ १२ गते डिभिजन सडक कार्यालय, काठमाडौँले हस्तक्षेप गरेको थियो । त्यसपछि डिभिजन सडक कार्यालयले काम रोक्नका लागि जेठ १३ र १६ गते गरी दुई वटा पत्र पठाएको थियो ।

डिभिजन कार्यालयले पठाएको पत्र अनुचित भनेर जेठ २७ गते महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो । रिट निवेदनमा महानगरपालिकाले आफ्नो क्षेत्रभित्रको वडा नं। २२, २३ र २४ अन्तर्गत पर्ने न्युरोड बजार क्षेत्रमा आर्थिक वर्ष २०८०/८१ को बजेटबाट फुटपाथ (सडक पेटी) विस्तार गर्ने योजना अनुरुपको कार्य सञ्चालन गर्नका लागि अन्तरिम आदेश माग गरेको थियो ।रासस