९ पुष २०८२, बुधबार
,
Latest
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने मादीसेती मोटरेबल पुल पाँच वर्षसम्म बनेन राजधानीका तीन होटलको खाद्य गुणस्तर कमजोर पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा भारतको सहयोगमा निर्माण हुने दुई परियोजनाको शिलान्यास आजदेखि साताव्यापी ‘विराट ट्रेड एक्स्पो’, २०० बढी स्टल रहने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

किन जरुरी छ, आमसञ्चार शिक्षा ?



अ+ अ-

सञ्चार, आमसञ्चार र पत्रकारिता विषय सुन्दा उस्तै उस्तै लाग्छन् । अझ अहिलेको नयाँ पुस्ताले यीशब्दहरूको अर्थ नबुझेर अलमलमा छन् ।
उनीहरूलाई सञ्चार वा आमसञ्चार भनेको पनि पत्रकारितानै हो भन्ने लाग्छ । तसर्थ, कतिपय विद्यार्थी सञ्चारमा रुची भएर पनि पत्रकारिता नगर्ने भन्दै यी विषय पढ्नबाट विमुख भइरहेका छन् । तर अहिलेको सञ्चार वा आमसञ्चार विषय भनेको पत्रकारिता मात्रै होइन, यो दैनिक जीवनको महत्वपूर्ण हिस्सा हो ।

प्रभावकारी सञ्चार सीप नभई तपाइँ कुनै पनि पेसा व्यावसायलाई अहिलेको प्रतिस्पर्धात्मक जमानामा अघि बढाउन सक्नुहुन्न । सञ्चार वा आमसञ्चार विषय राजनीति, शिक्षण, चिकित्साशास्त्र, लेखन, उद्योग–व्यापार आदि अनेक पेसा व्यावसायका लागि महत्वपूर्ण छ भन्ने बुझ्न जरुरी छ ।

यसै सिलसिलामा सञ्चार विज्ञ, अध्येता, लेखक एवम् सञ्चार र पत्रकारिताविषयका प्राध्यापक डा. भानुभक्त आचार्यसँग कक्षा १२ को विद्यार्थी सक्रिया धमलाले केही महत्वपूर्ण प्रश्नहरू गरेकी छन्, जुन पत्रकारितावा सञ्चार वा आमसञ्चार विषय बुझ्न चाहने वा अध्ययन गर्न चाहने नयाँ पुस्ताका विद्यार्थीलाई निकै सान्दर्भिक हुनेछ ।

यो छलफल मिथ्या समाचारको युगमा यो विषयको अध्ययनकिन महत्वपूर्ण छ, के यो विषय अन्तर सांकायिक हो कि होइन, यो विषयको अध्ययनले पत्रकार नै भइन्छ, सामाजिक सञ्जाल माध्यम र आमसञ्चार माध्यममा के भिन्नता छ, सञ्चार सीपले आफूलाई कसरी अघि बढ्न सघाउँछ लगायतका सवालहरूमा केन्द्रित छ ।

यो विद्यार्थी–शिक्षक संवाद आमसञ्चार विषयको क्षेत्र, यस विषयको विभिन्न पेसा वा व्यवसायसँगको सान्दर्भिकता, यसले आफ्नो व्यावसायिक उद्देश्य हासिल गर्न सक्ने सञ्चार सीपहरूकाबारेमा जानकारी दिन्छ । तपाईं विषय शिक्षक हुनुहुन्छ भने यो छलफलबाट यस विषयको क्षेत्राधिकार, महत्व र यसले विद्यार्थीको भावी पेसा र जीवनका लक्ष्यहरूमा सघाउँछ भन्ने थाहा पाउनु हुनेछ ।

यदि विद्यार्थी हुनुहुन्छ भने यो विषय भनेको के हो, किन पढ्ने, यसले पेसागत जीवनमा के कसरी सघाउँछ भन्ने बारे जानकारी दिन्छ । तपाइँकेवल मिडियाको उत्पादन वा प्रयोगकर्ता हुनुहुन्छ भने पनि यो विषयले तपाइँलाई परिपक्व बन्न सघाउने छ ।