२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै News Polar भ्रष्टाचारविरुद्धको महासन्धि कार्यान्वयनबारे सबै जिल्लामा अनुगमन गरिने News Polar हुलाक सेवालाई सरकारी कुरियरका रूपमा विकास गर्ने सरकारको योजना प्रभावकारी बन्दै : सञ्चारमन्त्री तिमिल्सिना News Polar मुगुका २० बालिकालाई शान्ति समाजद्वारा छात्रवृत्ति News Polar बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन समस्या News Polar काठमाडौं महानगरले सम्यक महादान परम्परालाई पुनर्जीवित गर्ने News Polar खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित News Polar निर्माण व्यवसायी महासंघद्वारा पूर्वअध्यक्ष गौचनको नवौँ स्मृति सभा News Polar काठमाडौं जिल्ला अदालत पुगेर रवि लामिछानेले बुझे तारेख News Polar प्रसारण शुल्क महँगो भएको भन्दै पुनर्विचार गर्न इप्पानको माग News Polar लामो समयदेखि अलपत्र लालबकैया पुल सञ्चालनमा आउने चरणमा News Polar कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो News Polar भोटेकोशी विपत्तिका ४५ दिनः बगेको बस्ती, हराएको चैन News Polar हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित News Polar पशुपति शर्मा लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध News Polar दुर्गमदेखि विपन्न समुदायसम्म सहुलियतपूर्ण ऊर्जा कर्जा दिइने, दिगो ऊर्जा कोष स्थापना गर्ने प्रस्ताव News Polar हुम्लाकाे सिमकोट बजारमा म्याद गुज्रिएका खाद्यवस्तु फेला News Polar भोटेकोशी बाढी प्रभावितलाई तीन संस्थाद्वारा ३५ लाख सहयोग News Polar भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद News Polar काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका व्यक्तिको नामावली हटाइयो

आत्मरक्षा तालिमले आत्मविश्वास बढाउँछ : मन्त्री यादव

आत्मरक्षा तालिमले आत्मविश्वास बढाउँछ : मन्त्री यादव
अ अ+ अ-

वीरगञ्ज (पर्सा): खानेपानीमन्त्री प्रदीप यादवले आत्मरक्षा तालिमबाट किशोरीहरूमा आत्मविश्वास बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । वीरगञ्जका छात्राहरूको आत्मबल बढाउनका लागि वीरगञ्ज महानगरपालिकाद्वारा आदर्शनगरस्थित रङ्गशालामा आयोजित बृहत् आत्मरक्षा तालिम कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले आत्मरक्षा तालिमले किशोरीमा आत्मविश्वास गर्ने बताउनुभयो ।

मन्त्री यादवले भन्नुभयो, “आत्मरक्षा तालिमले किशोरीमा आत्मविश्वास र आत्मनिर्भरताको विकास गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने छ । यो तालिम महिला र किशोरीका लागि निकै उपयोगी हुनेछ ।”

तालिमको सफलताका लागि वीरगञ्ज महानगरपालिका, नेपाल–भारत सहयोग मञ्च र अन्य सहयोगी संस्थालाई धन्यवाद व्यक्त गर्दै मन्त्री यादवले भविष्यमा यस्ता तालिमलाई अन्य जिल्लामा पनि विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सहभागी सबै किशोरीहरूलाई तालिममा प्राप्त सीपलाई जीवनमा सकारात्मक तरिकाले प्रयोग गर्न सुझाव दिनुभयो ।

“सम्पूर्ण समाजले महिला सशक्तीकरणका लागि यस कार्यक्रमलाई सहयोग र समर्थन गर्नुपर्छ । यसले न केबल महिलाको सुरक्षामा सुधार ल्याउँछ तर समाजमा नयाँ सोच र उदाहरण पनि स्थापित गर्छ”, मन्त्री यादवले भन्नुभयो ।

उक्त कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले छात्राहरूलाई दिएको आजको तालिम सुरुआत मात्रै भएको बताउँदै अब वीरगञ्जका सामुदायिक तथा निजी विद्यालयमा प्रत्येक हप्ताको शुक्रबार आत्मरक्षाका लागि मार्शल आर्टस्सम्बन्धी तालिम दिइने बताउनुभयो ।

वीरगञ्ज महानगरपालिकामा तालिम लिनका लागि कम्तीमा पनि १५ हजार एक सय छात्राले नाम दर्ता गराएकामा १२ हजार नौ सय ७४ जनाको फाराम गिनिज बुक अफ वल्र्ड रेकर्डमा पुगिसकेको नगरप्रमुख सिंहले जानकारी दिनुभयो । यसअघि भारतको आग्रास्थित एक स्थानीय तहले एकसाथ सात हजार चार सय एक जना छात्रालाई आत्मारक्षाको तालिम दिएर वल्र्ड रेकर्ड बनाएको थियो ।

तालिममा किशोरीहरूलाई शारीरिक र मानसिक रुपमा सुरक्षित रहन आवश्यक सीप सिकाइएको थियो । वीरगञ्ज महानगरपालिकाले नगरक्षेत्रका निजी र सामुदायिक विद्यालयमा कक्षा ६ देखि १२ सम्मका करिब १४ हजार छात्राहरुलाई आज एक भव्य कार्यक्रमका साथ आत्मारक्षाका लागि प्रशिक्षण दिएको छ । वीरगञ्जको आदर्शनगरस्थित रङ्गशालामा भारतका ख्यातिप्राप्त मार्शलआर्ट प्रशिक्षक डाक्टर चितायजनेश सेट्टीले छात्राहरूलाई प्रशिक्षण दिनुभएको थियो ।रासस