९ पुष २०८१, मंगलवार
,
Latest
आज पनि कास्की जिल्ला अदालतमा रवि लामिछानेसहितको बयान सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु हुम्लामा हिमपात, जनजीवन प्रभावित नरेश र सुनिलको ‘हाँसीराख माया’ सार्वजनिक दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न प्रदेश सरकारले सघाउने भेरी अस्पताल मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने थाइल्याण्ड, कम्बोडिया, लाओस, म्यान्मालगायतका देशमा जान चाहनेहरुलाई तीन बुँदे ट्राभल एड्भाइजरी जारी, सावधानी अपनाउन आग्रह सुदूरपश्चिमबाट मौसम बदली सुरु, चिसो बढ्यो, आज कहाँ पर्दैछ पानी ? महिला उद्यमीबाट उत्पादित सामग्रीको बिक्री तथा प्रदर्शनीको आयोजना पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमा विवादका कारण बसपार्क निर्माण अवरुद्ध



अ+ अ-

ढोरपाटन, (बागलुङ) । ढोरपाटन नगरपालिका–२ खप्तरीबाङमा निर्माणाधीन बसर्पाकको काम सीमा विवादका कारण अवरुद्ध भएको छ । नयाँ सहर आयोजना कार्यालयले निर्माण गर्न लागेको बसपार्कको सिमानामा विवाद हुँदा काम रोकिएको हो ।

२०७५ सालमा छ रोपनी जग्गा खरिद गरेर निर्माण सुरु भएको बसपार्कको पर्खाल सँधियारले भत्काएपछि काम रोकिएको नयाँ सहर आयोजना कार्यालयका प्रमुख रामृकष्ण गिरीले जानकारी दिनुभयो ।

नापी विभागले निर्णय नसुनाएसम्म बसपार्क निर्माणको काम अगाडि नबढ्ने उहाँले बताउनुभयो । सँधियारले २० मिटर पक्की पर्खाल भत्काएपछि काम रोकिएको हो । हालसम्म ३० प्रतिशत काम सम्पन्न भएको छ । सात करोडको लगानीमा बन्ने बसपार्कमा रु दुई करोड २६ लाख खर्च भइसकेको छ ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको नजिक रहेको भुजीखोला किनारमा तटबन्धन गरेर निर्माण थालिएको बसपार्कमा हाल टर्मिनलको आधा काम पूरा भएको छ । बसपार्कमा ३० वटा जीप, २० वटा बस र केही साना सवारीसाधन राख्न सकिने छ ।

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले यथाशीघ्र विवाद निरुपण गरेर निर्माण पुन: थाल्नुपर्नेमा जोड दिनुभयो । रासस