२० मंसिर २०८२, शनिबार
,
Latest
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाइडन र ट्रम्पबीच ह्वाइटहाउसमा भएको भेटवार्तामा के भयो कुरा ?



अ+ अ-

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडन र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइटहाउसमा भेटवार्ता भएको छ । बाइडनले सत्ता हस्तान्तरण गर्नुअघि ट्रम्पसँग भेटवार्ता गर्नुभएको हो ।

भेटमा बाइडनले हात मिलाएर ट्रम्पलाई निर्वाचनमा विजयी भएकोमा बधाइ दिएका थिए । दुवैजना शान्तिपूर्ण सत्ता हस्तान्तरणमा सहमत भएको बताइएको छ । बाइडनले कुराकानीका क्रममा ट्रम्पलाई कुनै समस्या नहुने गरी सत्ता हस्तान्तरण गर्ने बताएका थिए ।

ट्रम्पले राजनीति कठिन तर धेरै कुरामा राम्रो पनि भएको भन्दै पछि पनि राम्रो हुने बताएका थिए । साथै आतिथ्यताको निम्तो दिएको भन्दै बाइडेनको सह्राना गरेका थिए । भेटमा उपराष्ट्रपति र डोनाल्ड ट्रम्पकी प्रतिस्पर्धी कमला ह्यारिस भने उपस्थित थिइनन् ।

ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि बाइडेनले ह्वाइटहाउसमा निम्तो पठाएका थिए । तर सन् २०२० मा बाइडनले जित्दा ट्रम्पले ह्वाइटहाउसमा बोलाएका थिएनन् । यहाँसम्मकी ट्रम्पले बाइडनको शपथ ग्रहण समारोह नै बहिस्कार गरेका थिए ।

ट्रम्पले २० जनवरी २०२५ मा राष्ट्रपति पदको शपथ ग्रहण गर्दैछन् ।