७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

लोकतान्त्रिक सिँचाइ कुलोको काम तत्काल सञ्चालन गर्न माग

लोकतान्त्रिक सिँचाइ कुलोको काम तत्काल सञ्चालन गर्न माग
अ+ अ-

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका-६ छितापोखरीस्थित टुवाखोला मुहान रहेको लोकतान्त्रिक सिँचाइ कुलो आयोजना तत्काल सञ्चालनमा ल्याउन स्थानीयले माग गरेका छन् ।

कोशी प्रदेश सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय विराटनगरको रु सात करोड ७२ लाख लगानीमा निर्माण सुरु गरिएको सिँचाइ कुलो आयोजना ठेकेदार कम्पनीको लापरबाहीले अलपत्र परेको भन्दै तत्काल काम अगाडि बढाउन स्थानीयले माग गरेका हुन् ।

निर्माणाधीन अवस्थामै अलपत्र परेको सिँचाइ कुलो आयोजनाको काम तत्काल सञ्चालनमा ल्याउनका लागि पहल गरिदिन बुधबार जिल्ला प्रशासन कार्यालय खोटाङ र जिल्ला समन्वय समिति खोटाङमा ज्ञापनपत्र बुझाइएको स्थानीय रामप्रसाद दङ्गालले बताउनुभयो । “निक्कै ठूलो कसरतले स्वीकृत भएको लोकतान्त्रिक सिँचाइ कुलो आयोजना ठेकेदारको लापरबाहीका कारण अलपत्र छ । निर्माणाधीन अवस्थामै आयोजना अलपत्र पर्दा राज्यकोषको रकमसमेत खेर जाने अवस्था सिर्जना भएको छ”, उहाँले भन्नुभयो, “विभिन्न कारण देखाएर ठेकेदार कम्पनी उन्मुक्ति लिन खोजिरहेका छन् । बेँसी क्षेत्रमा बसोबास गर्ने कृषकको भविष्यसँग जोडिएको सिँचाइ कुलो आयोजनाको काम पुन:सञ्चालनमा नआएको खण्डमा चरणवद्ध आन्दोलन गर्छौँ ।”

जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय खोटाङलाई बोधार्थ दिइएको ज्ञापनपत्रमा नेपाली कांग्रेस खोटाङका नेता केशवकुमार कार्की, नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका पूर्वअध्यक्ष दङ्गाल र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खोटाङका जिल्ला संयोजक दीपक पाण्डे ‘आकाश’ले संयुक्त हस्ताक्षर गर्नुभएको छ । आफूहरूले राजनीतिक दलको तर्फबाट नभइ स्थानीय उपभोक्ता भएको नाताले ज्ञापनपत्र बुझाएको उहाँहरूले भनाइ छ ।

जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राईले समस्या समाधानका लागि आवश्यक पहल गर्ने बताउनुभयो । “करोडौँ लगानीको आयोजना अलपत्र छ भन्ने जानकारी आएको छ । हामी स्थलगत अनुगमन पनि गर्छौँ”, उहाँले भन्नुभयो, “अनुगमनले आयोजना अलपत्र पर्नुको कारण पत्ता लाग्छ । ठेकेदारको लापरबाहीकै कारण काम नभएको हो भने कारबाहीका लागि सिफारिस गर्छौँ ।”

तीन वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनी स्काई–विवश–रामसागर जेभीले ठेक्का लिएको आयोजनाको लागि अन्तिमपटक थपिएको म्याद आगामी चैत–१६ गतेसम्म रहेकाले पुन:काममा फर्काएर आयोजनाको काम सम्पन्न गर्न लगाउनेगरी समन्वय भइरहेको जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय प्रमुख डा महेश यादवले बताउनुभयो । “लोकतान्त्रिक सिँचाइ कुलो आयोजनाको काम पेटी ठेकेदारमार्फत भएको रहेछ । उसले काम गर्न नसकेपछि मुख्य ठेकेदारसँग सम्पर्क गरेका छौँ । मुख्य ठेकेदार कम्पनीका प्रतिनिधिले तोकिएको काम जसरी पनि सम्झौता मितिभित्र पूरा गर्नुपर्ने हुन्छ । यदि पूरा नगरेको खण्डमा धरौटी जफत गरेर कानूनी प्रक्रिया अगाडि बढाउँछौँ”, उहाँले भन्नुभयो ।

तीनवटा निर्माण कम्पनीको सहकार्यमा सम्झैता गरेर निर्माण सुरु गरिएको आयोजनाको काम एउटा कम्पनीका प्रतिनिधिले कमजोरी गर्दा समयमा सम्पन्न गर्न नसकिएको रामसागर निर्माण कम्पनीका सञ्चालक राम पौडेलले बताउनुभयो । “तीनवटा निर्माण कम्पनीमध्ये विवश इन्टरनेश्नल प्रालिले निर्माणको जिम्मा लिएको थियो । उसले काम गर्न नसकेपछि त्यसलाई हटाएर रोकिएको काम सुरु गर्ने प्रक्रिया अगाडि बढिसकेको छ”, उहाँले भन्नुभयो, “धेरै काम सम्पन्न भइसकेका छन् । सम्झौता मिति सकिन अझै बाँकी रहेकाले तोकिएकै समयभित्र काम सम्पन्न गरेर हस्तान्तरण गर्छौँ ।”

विवश इन्टरनेश्नल प्रालिका प्रतिनिधिले स्थानीयबासीको अवरोधका कारण काम गर्न नसकिएको काम छाडेको थियो । निर्माणाधीन अवस्थामै आयोजनाको काम छाडेर हिँडेपछि दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालयले जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय खोटाङलाई निर्माणस्थलमा कुनै पनि विवाद नरहेको पत्रसमेत लेखेको छ ।

सम्झौताअनुसार तीन फिट गहिरो खाल्डो खनेर त्यसभित्र पोलेथिन पाइप बिच्छ्याएर सञ्चालन गर्नुपर्ने सिँचाइ कुलो आयोजनामा यसअघिका ठेकेदारको लापरबाहीले गुणस्तरीय काम नभएको भन्दै स्थानीयले विरोधसमेत जनाएका थिए । स्थानीयको विरोधपछि ठेकेदारले काम नगरेपछि बिच्छ्याइएका पाइप जथाभावी छरिनुका साथै कतिपय जङ्गलमा लागेको डढेलोले जलेर नष्ट भएका छन् ।

विसं २०७७ सालमा डिभिजन कार्यालय खोटाङमा सम्झौता गरेर निर्माण सुरु गरिएको आयोजनाअन्तर्गत १३ किलोमिटर लामो पाइप लाइनमध्ये आठ किलोमिटर काम सम्पन्न भएको ठेकेदार कम्पनीले जनाएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित साबिकको दुईवटा वडा तथा वडा नं ५ सप्तेश्वर छितापोखरीको तल्लो भागका स्थानीयबासीको खेतबारी सिँचाइ गर्ने उद्देश्यले आयोजना अगाडि बढाइएको थियो ।  रासस