७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

सरुवाडाँडाको झोलुङ्गे पुल, जहाँबाट देखिन्छ आकर्षण

सरुवाडाँडाको झोलुङ्गे पुल, जहाँबाट देखिन्छ आकर्षण
अ+ अ-

दाङ । तलतिर कलकल बग्ने बबई नदी, सोहीमाथि झोलुङ्गे पुल । चारतिर हरियाली, नजिकै चिटिक्क परेको मोतिपुर गाउँ । यो दृश्य दाङको तुलसीपुर उपमहानगरपालिका–११ र दङ्गीशरण गाउँपालिका–२ सरुवाडाँडा जोड्ने झोलुङ्गे पुल क्षेत्रको हो । यस मनमोहक दृश्यले त्यहाँ पुग्ने जोकोहीलाई लोभ्याउने गर्छ । हाल सोही पुलको अवलोकनका लागि टाढाटाढाबाट मानिस आउने गर्छन् । यसपटक दसैं तिहारमा यहाँ अवलोकन गर्न आउनेको भीड नै लागेको स्थानीयको भनाइ छ ।

यसपटक दसैँतिहार मनाउन टाढाटाढाबाट आएकाहरूको प्रमुख गन्तव्य यही पुल बन्यो । त्यति मात्र नभइ सूर्य अस्ताउँदै गर्दा बबई नदीमा देखिने छाँया र पुलको आकर्षण थप बढाउने गरेको छ । त्यही दृश्य हेर्नका लागि मानिसहरू आउने र त्यसैमाथि तस्बिर खिचेर आनन्द लिने गरेको देखिन्थ्यो ।

पछिल्लो समय यस पुललाई ‘भाइरल’ पुलका रूपमा चिनाउने गरिन्छ । जहाँ स्थानीय मात्रै होइन सल्यान, रुकुमलगायत जिल्लाबाट समेत फोटो खिच्न तथा दृश्यावलोकन गर्न आउनेको सङ्ख्या बढ्दो छ । सल्यानकी शारदा केसीले सामाजिक सञ्जालका दृश्य तथा विभिन्न व्यक्तिले गरेको चर्चा सुनेर आफू पनि यहाँ आउन बाध्य भएको बताउनुभयो । “सामाजिक सञ्जालमा तस्बिर र भिडियो देख्यौँ, त्यही देखेर हामी यहाँ आएका हौँ”, केही दिनअघि यहाँ भेटिनुभएकी उहाँले भन्नुभएको थियो,“यहाँ आउँदा राम्रो लाग्यो, अब यसलाई अन्य पर्यटकीय पूर्वाधारसहित पर्यटकीयस्थलका रूपमा विकास गर्न आवश्यक छ ।”

केसीले यहाँ अवलोकन गर्ने आउनेहरूको सहजताका लागि चमेना गृह, शौचालय, विश्रामस्थललगायत संरचना निर्माण गर्नसके स्थानीयहरू समेत लाभान्वित हुने बताउनुभयो ।

विसं २०७९ सालमा निर्माण भए पनि यसपटक पुल चर्चा धेरै भएको तुलसीपुर—११ का ५५ वर्षीया मोहनी लामिछाने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,“यसपटक लामो खडेरीमा गर्मी छल्नका लागि बजार आसपासका नागरिक यहाँ आएसँगै प्रचारप्रसार भयो । सामाजिक सञ्जालमा भाइरल भएपछि पछिल्लो समय पर्यटकीय क्षेत्रका रूमा विकास हुन थालेको छ, धेरैको रोजाइमा पर्न थालेको छ । वैशाख जेठमा त यहाँ दैनिक एक हजार पाँच सयभन्दा बढी पुल अवलोकनका लागि आउने गर्थे ।”

रु तीन करोडको लागतमा निर्माण भएको उक्त पुलको लम्बाई चार सय मिटर छ । पुल निर्माण भएपछि स्थानीयलाई आवतजावतमा सहज भएको छ । पुलले तुलसीपुर बजार जोडिनका लागि पनि सहज बनाएको स्थानीय करविर चौधरीले बताउनुभयो । उहाँका अनुसार विगतमा बबई नदीमा जोखिम मोलेर वारपार गर्नुपथ्र्यो तर पुल बनेपछि सहज भएको छ । पछिल्लो समय स्थानीय नागरिकलाइर्ए जोड्ने मात्र नभइ टाढाका नागरिकको मनोरञ्जन स्थलका रूपमा समेत विकास हुन थालेको र अब यसलाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्न स्थानीय सरकारले पहल गर्नुपर्ने चौधरीको सुझाव छ ।

उपमहानगरपालिका–११का वडाध्यक्ष मानबहादुर रावतले यहाँ आवश्यक पूर्वाधार निर्माण गरी पर्यटकीय केन्द्रका रूपमा विकास गर्न आफूहरूले पहल सुरु गरिसकेको बताउनुभयो । त्यसका लागि वडावासीबाट धेरैपटक छलफल गरी सुझावका आधारम गुरुयोजना बनाउने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । “गत मङ्गलबार पनि स्थानीय तथा सरोकारवालाहरूसँग छलफल गरी आवश्यक राय सुझाव लिएका छौँ । बबई नदीमा रबरको ड्याम बनाई त्यसमा ढुङ्गा चलाउने योजनाबारे पनि कुरा उठेको छ । यस्तै नजिकै रहेको मोति सामुदायिक वनमा चिल्ड्रेन पार्क बनाउने, त्यहाँ भौतिक पूर्वाधार निर्माणलगातका योजनाबारे सरोकारवालासँग विभिन्न चरणमा छलफल भएका छन्”, वडाध्यक्ष रावतले भन्नुभयो,“यसका लागि तुलसीपुर उपमहानगरपालिका, लुम्बिनी प्रदेश सरकार र सङघीय सरकारसँग बजेटका माग गर्ने निर्णय भएको छ । सबैको सहयोग भएमा यसलाई पर्यकटीक हब बनाउन सकिन्छ ।”

यो झोलुङ्गे पुल तुलसीपुर बजारदेखि करिब १२ किलोमिटर दक्षिण पश्चिममा अवस्थित छ । रासस