लन्डन । युरोपेली च्याम्पियन्स लिगको समूह ‘जी’को खेलमा बार्सिलोनाले फेरेन्क भारोसलाई ३–० गोलअन्तरले हराएको छ । बार्सिलोनाका लागि एन्टोनी ग्रिजम्यानले खेलको १४ औं मिनेटमा पहिलो गोल गरेका थिए ।
त्यस्तै ब्रेथवेटले खेलको २० औं मिनेटमा द्रोस्रो गोल गर्दै खेललाई २–० को अन्तरमा पुर्याएको थियो । त्यसैगरी ओसमाने डिम्बालेले २८ औं मिनेटमा बार्सिलोनाको लागि गरेको गोल नै खेलको अन्तिम गोल बनेको थिायो ।
त्यस्तै खेलको दौरान बार्सिलोनाका बसक्वेट्स, ग्रिजम्यान र ट्रिरनकावोले पहेँलो कार्ड पनि पाएका थिए ।