२७ जेष्ठ २०८३, बुधबार
,
Latest
सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध सरकारी जग्गा कब्जा गरी भाडा नतिर्ने उद्योगविरुद्ध मन्त्री यादवको कडा कदम, एकै दिनमा १२ भन्दा… टर्कियेमा अवैध अनलाइन जुवाविरुद्धको कारबाहीः ४७ जना पक्राउ, विमानस्थलमा बच्चाको डायपरभित्र लुकाइएको नगद बरामद भन्सार दर र ‘गायब १६ पाना’को विवादमा अर्थमन्त्री डा. वाग्लेको स्पष्टीकरणः ‘चियाको कपमा तुफान ल्याउन… आर्थिक विधेयकमा गरिएका संशोधनहरू जनहित र प्राविधिक सुधारका लागि हुन्, राजनीतिक रङ दिनु गलत छः… अर्थ समितिमा अर्थमन्त्रीको आक्रोश: संगठित रुपमा अफवाह फैलाईयो करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले इरानद्वारा अमेरिकी हेलिकप्टर खसालिएको ट्रम्पको दाबी, जवाफ दिने चेतावनी ‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’ समूह ‘के’: रोनाल्डो र पोर्चुगललाई समूहमै कोलम्बिया,उज्वेकिस्तान र कंगोको चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक



अ+ अ-

काठमाडौँ । नेपालले प्रथम एसएएसएसएफ स्कुल कम्ब्याट गेम्सको उसुमा ४ स्वर्ण जितेको छ । नेपालले थप ५ रजत र १ कांस्य पनि जितेको नेपाली टोलीका प्रशिक्षक राजीव महर्जनले जनाएका छन् ।

बंगलादेशको ढाकामा भएको प्रतियोगितामा ममता सुनुवार राईले दोहोरो स्वर्ण जितिन् । ममताले महिला नान छ्वान र नान ताउमा स्वर्ण जितेको प्रशिक्षक महर्जनले जानकारी गराए । पुरुष ४८ केजीमुनि विराज सुनार तथा ५६ केजीमुनि निश्चल तामाङले स्वर्ण जिते ।

त्यस्तै पुरुष ६५ केजीमुनि सौगात चन्द, महिला ४८ केजीमुनि अनिता तामाङ, महिला ५६ केजीमुनि मञ्जरी राई, महिला थाइची छ्वानमा प्राथना नेपाल र महिला ५२ केजीमुनि सुभाङ्गीराज्यलक्ष्मी गौतमले रजत जिते । रुफस केसीले पुरुष थाइची छ्वानमा कांस्य हात पारिन् ।

सोही प्रतियोगितमा सहभागी तेक्वान्दो टोलीले २ स्वर्ण, ४ रजत र ८ कांस्य जितेको छ । महिला ६८ केजीमुनि ऋशिका बुढाथोकी तथा पुम्सेको महिला जोडीमा ऋशिका र युनिशा निरौलाले पहिलो स्थान हात पारे ।

 

पुरुष ४५ केजीमुनि आदित्य पराजुली, पुरुष ६८ केजीमुनि पंकज विक, महिला ४२ केजीमुनि इच्छा विष्ट र महिला एकल पुम्सेमा ऋषिकाले रजत जिते । पुरुष ४८ केजीमुनि दिपन सापकोटा, ४२ केजीमुनि युनिशा निरौला, महिला ५२ केजीमुनि सन्ध्याकुमारी पासवान, पुरुष एकल पुम्सेमा सुभम् पोखरेल र पंकज विक, महिला एकल पुम्सेमा आदित्य ढकाल, पुरुष जोडी पुम्सेमा आदित्य पराजुली र सुभम् पोखरेल तथा पुम्से महिला जोडीमा इच्छा विष्ट र आदित्य ढकालले कांस्य पाए ।




भर्खरै