२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन News Polar ओमानसँग रासायनिक मल आपूर्ति र कृषि व्यापारमा सहकार्य विस्तारबारे छलफल News Polar कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा News Polar महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च कांग्रेसले व्यहोर्ने News Polar कोशी प्रदेशसभाः आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि दफावार छलफल हुने News Polar एमालेले मङ्सिर पहिलो साता राष्ट्रिय भेला गर्ने News Polar प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार News Polar श्रमिकलाई अनिवार्य रूपमा चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar कांग्रेस महाधिवेशनमा आज मतदान नहुने, शुक्रबार बिहान ७ बजेदेखि मतदान News Polar अपाङ्गता रोकथामदेखि आत्मनिर्भरतासम्म: तीन तहको सरकार, एउटै राष्ट्रिय प्रतिबद्धता News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar विपद् अध्ययन समितिका सभापति पौडेलद्वारा शपथ ग्रहण News Polar क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ: मन्त्री पोखरेल News Polar बाँकेमा हराउँदै स्थानीय बाली News Polar खगेन्द्र–सुरक्षाको जोडी लिएर दीपेन्द्रले गुपचुप बनाए ‘श्रीमान् श्रीमती’ News Polar आईपीयू महासभामा नेपालको जलवायु विपद्सम्बन्धी आपत्कालीन एजेण्डा दुईतिहाइ बहुमतले अनुमोदन News Polar विश्व वरियतामा नेपाल १६औँ स्थानमा News Polar हामी निर्वाचनको आन्तरिक तयारीमै छौँः प्रमुख निर्वाचन आयुक्त कार्की News Polar लुटपाटमा संलग्न चार जना पक्राउ News Polar ऊर्जामा आधारित अर्थतन्त्र निर्माण राष्ट्रिय प्राथमिकता : मन्त्री श्रेष्ठ

भैरव पुरस्कार हास्य व्यङ्ग्यकार लक्ष्मण गाम्नागेलाई

भैरव पुरस्कार हास्य व्यङ्ग्यकार लक्ष्मण गाम्नागेलाई
अ अ+ अ-

काठमाडौँ:  यस वर्षको भैरव पुरस्कार हास्य व्यङ्ग्यकार लक्ष्मीप्रसाद भट्टराई (लक्ष्मण गाम्नागे) लाई प्रदान गरिएको छ ।

भैरव पुरस्कार गुठीले आज यहाँस्थित जोरपाटीमा आयोजना गरेको पुरस्कार अर्पण कार्यक्रममा उहाँलाई सो पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि नगद रु एक लाख ११ हजार १११ रहेको छ । सोही कार्यक्रममा भैरव वाङ्मय पुरस्कार कोशकार एवं नेपाली भाषा साहित्यको शुद्धीकरण अभियानी चूडामणि गौतमलाई प्रदान गरिएको छ । यस पुरस्कारको राशि पनि नगद रु एक लाख एक हजार १११ रहेको छ ।

यसैगरी, रु ५१ हजार १११ राशिको भैरव प्रतिभा पुरस्कार कलाकार लक्ष्मी गिरीलाई प्रदान गरिएको छ । पुरस्कृत व्यक्तित्वका बारेमा क्रमशः प्राडा रामप्रसाद ज्ञवाली, साहित्यकार ज्ञाननिष्ठ ज्ञवाली र मेनका पोखरेलले प्रकाश पार्नुभएको थियो । पुरस्कृत व्यक्तित्वत्रय गाम्नागे, गौतम र गिरीले नेपाली हास्य व्यङ्ग्य साहित्यमा भैरव अर्यालको योगदानबारे चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा बागमती प्रदेशका पूर्वमन्त्री एवं संविधानसभा सदस्य रामेश्वर फुयाँलले साहित्यकारले समाजमा भएको वास्तविकतालाई ऐनाका रूपमा देखाउनुपर्ने बताउनुभयो । काठमाडौँको उत्तरपूर्वी भेग साहित्यको उर्वर भूमि भएकाले यहाँ धेरै साहित्यिक क्रियाकलाप हुने गरेको उहाँले सुनाउनुभयो ।

वरिष्ठ पत्रकार विजय चालिसेले हास्य व्यङ्ग्य साहित्यमा भैरव अर्यालको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । आफूलाई साहित्य क्षेत्रमा अघि बढाउन पनि अर्यालको योगदान रहेको चालिसेले चर्चा गर्नुभयो ।
कार्यक्रममा गुठीका अध्यक्ष रोचक घिमिरे, सचिव वसन्त रिजाललगायतले संस्थाले प्रत्येक वर्ष हास्य व्यङ्ग्य साहित्य र कला क्षेत्रमा योगदान गर्नेलाई भैरव अर्यालका नामको पुरस्कार वितरण गर्ने गरिएको जानकारी गराउनुभएको थियो ।रासस