७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी

कोदो उत्पादक किसानलाई प्रोत्साहन

कोदो उत्पादक किसानलाई प्रोत्साहन
अ+ अ-

पर्वत । रैथाने वालीको रुपमा रहेको कोदो उत्पादनतर्फ कृषकहरुको आकर्षण बढाउनका लागि यहाँका कृषकलाई अनुदान वितरण गरिने भएको छ ।

दक्षिण पर्वतको पैंयुँ गाउँपालिकाले कोदो उत्पादन गर्ने कृषकलाई प्रोत्साहन अनुदान वितरण गर्ने भएको हो । कोदोको माग दैनिकजसो बढ्दै गए पनि उत्पादन तर्फ कृषकको आकर्षण बढ्न नसकेपछि अनुदान दिएर कोदोको व्यावसायिक उत्पादनमा आकर्षित गर्न थालिएको गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले जानकारी दिनुभयो ।

पालिकाभित्रका कृषक, कृषि फार्म, कृषक समूह वा सहकारीलाई उत्पादनको आधारमा प्रोत्साहन रकम वितरण गरिने भएको छ । किसानलाई प्रोत्साहन गर्नका लागि चालु आर्थिक वर्षमा रु पाँच लाख विनियोजन गरिएको र यसको प्रभावकारिता हेरेर आगामी वर्ष थप गर्दै लैजाने योजना रहेको अध्यष ठकुरीले बताउनुभयो ।

अनुदान पाउनका लागि कम्तिमा पाँच रोपनी क्षेत्रफलभन्दा बढीमा कोदोखेती गर्नुपर्ने भएको छ । कृषकले कोदो बाली लगाउने जग्गाको लालपुर्जा र भाडामा लिएको भए करारनामा पालिकामा निवेदनसहित पेश गर्नुपर्ने पालिकाद्धारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ । चालु आर्थिक वर्ष विसं २०८१/८२ बाट लागु भएको यो कार्यक्रमलाई वर्षेनी वृद्धि गर्दै लैजाने पालिकाको योजना छ ।

पहिले–पहिले कोदोको ढिँडो, रोटी र खोले निकै कम मात्रै पाक्थ्यो । पछिल्लो समय घरबाससँगै सहर बजारका ठुला–ठूला होटलका भान्छामा पनि ढिँडोको माग बढ्दै गएको छ । कोदोको माग बढ्दै जानथालेपछि व्यावसायिक रुपमा कोदोको खेती गर्न तर्फ कृषकलाई आकर्षण गर्न अनुदान मुलक कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन गैरेले जानकारी दिनुभयो । उहाँका अनुसार अनुदान पाउने भएपछि कृषक र कोदोखेतीको क्षेत्रफलसमेत वृद्धि हुने अपेक्षा गरिएको छ ।

धान, मकै, गुहँ लगायतका बालीजस्तै कोदोमा यान्त्रिकिकरणको विकास हुन नसक्दा कोदोखेतीतर्फ आकर्षण घट्दै गएको गैरेले बताउनुभयो । पालिकाले प्रोत्साहन स्वरुप दिने रकमले कृषकलाई बारी खनजोत गर्न, कोदो रोप्न, काट्न र थन्क्याउनका लागि केही राहत मिल्ने भएको छ ।

यसअघि कृषि ज्ञान केन्द्रले पनि रैथाने बाली उत्पादन प्रवद्र्धन कार्यक्रमअन्तर्गत कोदो उत्पादन गर्ने कृषकलाई अनुदान दिन थालेको थियो । केन्द्रले चालु आर्थिक वर्षमा थप साढे २८ हेक्टर क्षेत्रफलमा कोदोखेती विस्तारका लागि सहयोग गरेको छ । कोदोखेती गर्ने कृषकलाई यान्त्रिकरणमा सहयोग गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा रु पाँच लाख कोदो बालीको प्रवद्र्धनका लागि कृषकलाई वितरण गरिएको थियो ।

पर्वतमा गत आर्थिक वर्षशाा आठ हजार तीन सय १० मेट्रिकटन कोदो उत्पादन भएको थियो । त्यसमध्ये पाँच हजार एक सय ७५ मेट्रिकटन कोदो निर्यात भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । त्यसबाट रु २३ करोड २८ लाख ७५ हजार भित्र्याएको थियो । उत्पादित कोदोमध्ये तीन हजार एक सय ३५ मेट्रिकटन कोदो कृषकले खाद्यान्न, बीउ र गाईभैंसीको दानाका रुपमा प्रयोग गरेका थिए ।

रैथाने जातको कोदोको माग बढेपछि केही किसानले व्यावसायिक कोदो उत्पादनमा लागेका छन् । जिल्लाका सबै क्षेत्रमा कोदो उत्पादनका लागि उपयुक्त हावापानी रहेको कार्यालयले जनाएको छ ।

मुख्यगरी मधुमेह र ग्याष्ट्रिक रोगबाट पिडितहरुले कोदोको परिकार बढी मात्रामा खाने गरेका छन् । अहिले ग्रामीण क्षेत्रमा उत्पादित कोदो स्थानीयले मदिरा बनाउन पनि प्रयोग गर्दै आएका छन् । बजारमा विभिन्न परिकार बनाएर बिक्री गर्ने प्रचलन बढ्दै गएको कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत शङ्कर पौडेलले बताउनुभयो । पछिल्लो समय कोदोको बिस्कुटसमेत बजारमा उपलब्ध रहेको छ । रासस