१ आश्विन २०८३, बिहीबार
,
Latest
समुद्री पारिस्थितिक प्रणाली संरक्षण विश्वव्यापी दायित्व : मन्त्री गौतम विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा बदल्ने सरकारको योजना, इटहरीमा सात दिने सीप तथा रोजगार मेला भोटेकोशी बाढीमा बेपत्ता कर्मचारी/कामदारको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज फिफाको निलम्बन नफुके सोमबारदेखि नियमित गतिविधि सञ्चालन गर्ने एन्फाको चेतावनी सरकार राज्य सञ्चालनदेखि कृषि क्षेत्रसम्म असफल हुँदै गयो : सांसद भाट २०८३ को भैरव पुरस्कार आर.सी. रिजाललाई, प्रतिभा पुरस्कार चापागाईंलाई ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनको नयाँ गाउँ कब्जा गरेको रूसको दाबी



अ+ अ-

एजेन्सी । रूसी सेनाले पूर्वी युक्रेनको कुराखोभ सहर नजिकैको अर्को गाउँ कब्जा गरेको शनिबार जनाएको छ ।

रूसी सेनाले युक्रेनको डोनेट्स्क क्षेत्रमा रहेको झेलानोय भ्टोरोयको बस्तीलाई “स्वतन्त्रू बनाएको रक्षा मन्त्रालयले जनाएको हो । रुसी सेनाको खतरामा रहेको पोक्रोभस्क नजिक अवस्थित यो गाउँ युक्रेनी सेनाका महत्वपुर्ण केन्द्र हो ।

गोर्लिभ्का सहरमा खटिएका रुसी अधिकारीहरूले शनिबार युक्रेनी पक्षको गोलाबारीमा ११ जना सर्वसाधारण घाइते भएको बताएका छन् भने रूसले युक्रेनको सिमानामा रहेको बेलगोरोड, भोरोनेज र कुर्स्क क्षेत्रमा रातारात १० युक्रेनी ड्रोन खसालेको रक्षा मन्त्रालयले जनाएको छ ।

भोरोनेजका गभर्नर अलेक्जान्डर गुसेभले टेलिग्राममार्फत युक्रेनी ड्रोनले एक जना सर्वसाधारणलाई घाइते बनाएको बताउनुभएको छ । यसैगरी युक्रेनको जापोरिजिया क्षेत्रमा भएको रूसी हमलामा दुई जनाको मृत्यु भएको क्षेत्रीय गभर्नर इभान फ्योडोरोभले टेलिग्राम मार्फात जानकारी गराउनुभएको छ ।

रूसले सन् २०२२ फेब्रुअरी मा युक्रेनमा आक्रमण सुरु गरेको थियो । त्यसपछिको श्रृङ्खलाबद्ध आक्रमणपछि, रूसी सेनाले सन् २०२३ देखि युक्रेनको जमिन कब्जा गरी हाल निरन्तर युद्धलाई अगाडी बढाइ रहेको छ ।




भर्खरै