४ भाद्र २०८३, बिहीबार
,
Latest
ग्यास सिलिण्डरमा स्थायी ट्रयाकिङ प्रणाली लागू गर्नुपर्नेमा जोड ग्यासको कृत्रिम अभाव रोक्न प्रभावकारी अनुगमन गर्न सांसदहरूको माग गुल्मीमा मदन भण्डारी राजमार्गका प्रभावित घरधनीलाई १० करोडभन्दा बढी क्षतिपूर्ति वैदेशिक सहायता राष्ट्रिय प्राथमिकता र सरकारी कोषमार्फत परिचालन गर्न निर्देशन वैदेशिक सहायता घट्दैछ, निजी पुँजी परिचालन गर्नेतर्फ जाँदैछौँः अर्थमन्त्री डा. वाग्ले एक वर्षभित्र बागमतीमा स्वच्छ पानी बगाउने गरी ढल व्यवस्थापन गरिँदै एलपीजी ग्यासको व्यवस्थापनमा डिजिटल ट्रयाकिङ प्रणाली लागू गर्न संसदीय समितिको निर्देशन तनहुँकाे नारेश्वर तालमा पानी भरिन थाल्यो, कृषि र पर्यटन विकासको आधार बन्दै वैदेशिक सहायता शोधभर्ना नहुँदा राज्यकोषमा दबाब परेको रास्वपा सांसद पराजुलीको भनाइ वागमती नदी संरक्षण र पुनर्जीवनका लागि सरकारलाई संसदीय समितिको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कीर्तिमान राख्दै अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि



Argentina’s Lionel Messi controls the ball during the Copa America final soccer match against Colombia in Miami Gardens, Fla., Sunday, July 14, 2024. (AP Photo/Rebecca Blackwell)
अ+ अ-

काठमाडौं । कोपा अमेरिका २०२४ फुटबल प्रतियोगिताको उपाधि अर्जेन्टिनाले जितेको छ ।

अमेरिकाको मायमीमा भएको भर्खरै सम्पन्न फाइनल खेलमा कोलम्बियालाई १-० गोलले हराउँदै अर्जेन्टिनाले कीर्तिमानी १६ औं उपाधि जितेको हो ।

यसअघि उरुग्वे र अर्जेन्टिनाले समान १५-१५ उपाधि जितेका थिए । अर्जेन्टिनाको जितमा लौटारो मार्टिनेजले निर्णायक गोल गरे ।

खेलको पहिलो मिनेटमा नै अर्जेन्टिनाले गोल गर्ने मुभ बनायो । तर युलिएन अल्भारेजले बललाई सहि दिशा दिन सकेनन् ।

खेलको ५ औं मिनेटमा कोलम्बियाका लुइज डियाजले प्रहार गरेको बललाई अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले सजिलै बचाउ गरे ।

१३ औं मिनेटमा कोलम्बियाका कप्तान हामेस रोड्रिग्वेजले कर्नरबाट प्रहार गरेको बललाई कोलम्बियाका खेलाडीले गोल गर्ने प्रयास गरेका थिए, तर गोलकिपर मार्टिनेजले सजिलै नियन्त्रणमा लिए ।

२० औं मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले प्रहार गरेको बल आफ्नै टोलिका अन्भारेजलाई लागेर बाहिर गयो ।

४४ औं मिनेटमा लियोनल मेसीले फ्रीकिकबाट प्रहार गरेको बललाई टालियोफिगोले हेडरमार्फत गोल गर्ने प्रयास गरेपनि उनको प्रहार पोस्टमाथीबाट बाहिरीयो ।

४८ औ मिनेटमा कोलम्बियाका जोन आरियासले प्रहार गरेको बल पोस्टको दाहिनेतर्फबाट बाहिरियो ।

५८ औं मिनेटमा अर्जेन्टिनाका डि मारियाले प्रहार गरेको बललाई कोलम्बियाका गोलकिपर कामिलो भार्गासले उत्कृष्ट बचाउ गरे ।

७६ औं मिनेटमा अर्जेन्टिनाले गोल गरेपनि गोलले मान्यता पाएन । अर्जेन्टिनाका खेलाडी अफसाइड पोजिसनमा रहे ।

निर्धारित ९० मिनेटसम्म दुबै टोलिबाट गोल हुन नसक्दा खेल अतिरिक्त समयमा धकेलियो ।

खेलको ११२ औं मिनेटमा लौटारो मार्टिनेजले उत्कृष्ट गोल गर्दै अर्जेन्टिनालाई उपाधि दिलाए ।