७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा अमेरिका फाइनल: पहिलो हाफ बराबरी



Argentina’s Lionel Messi controls the ball during the Copa America final soccer match against Colombia in Miami Gardens, Fla., Sunday, July 14, 2024. (AP Photo/Rebecca Blackwell)
अ+ अ-

काठमाडौं । कोपा अमेरिका २०२४ फुटबल प्रतियोगिताको फाइनल खेल जारी छ ।

मायमीमा भइरहेको फाइनल खेलमा उपाधिका लागि अर्जेन्टिना र कोलम्बियाले प्रतिस्पर्धा गरिरहेका छन् ।

पहिलो हाफ सकिँदा दुबै टोलिले कुनै गोल गर्न सकेका छैनन् ।

खेलको पहिलो मिनेटमा नै अर्जेन्टिनाले गोल गर्ने मुभ बनायो । तर युलिएन अल्भारेजले बललाई सहि दिशा दिन सकेनन् ।

खेलको ५ औं मिनेटमा कोलम्बियाका लुइज डियाजले प्रहार गरेको बललाई अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले सजिलै बचाउ गरे ।

१३ औं मिनेटमा कोलम्बियाका कप्तान हामेस रोड्रिग्वेजले कर्नरबाट प्रहार गरेको बललाई कोलम्बियाका खेलाडीले गोल गर्ने प्रयास गरेका थिए, तर गोलकिपर मार्टिनेजले सजिलै नियन्त्रणमा लिए ।

२० औं मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले प्रहार गरेको बल आफ्नै टोलिका अन्भारेजलाई लागेर बाहिर गयो ।

४४ औं मिनेटमा लियोनल मेसीले फ्रीकिकबाट प्रहार गरेको बललाई टालियोफिगोले हेडरमार्फत गोल गर्ने प्रयास गरेपनि उनको प्रहार पोस्टमाथीबाट बाहिरीयो ।