३० माघ २०८१, बुधबार
,
Latest
लुम्बिनी र गण्डकी प्रदेश सरकारका २१ बुँदे साझा प्रतिबद्धता कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ निजी क्षेत्रको लगानी सुरक्षा गर्नको लागि सरकार प्रतिवद्ध छः वनमन्त्री ठकुरी गायक रामकृष्ण ढकाल चलचित्र निर्माणमा, ‘मालती मङ्गले’ घोषणा कार्यक्षमता बढाउन मातहतका विभाग र निकायलाई सञ्चारमन्त्री गुरूङको निर्देशन लोसपाले पनि भूमिसम्बन्धी अध्यादेशमा समर्थन नगर्ने पार्टी फुटाउने आवश्यकता र सौख छैनः प्रधानमन्त्री ओली माओवादी लक्षित ओलीको टिप्पणीः अगतिला तत्वलाई बोकेर पार लाग्दैन ग्यास उद्योगीको आन्दोलन स्थगन मेलम्ची खानेपानीको पाइप फुट्दा काठमाडौँको बबरमहल क्षेत्र जलमग्न–फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पेनलाई कीर्तिमानी युरो कपको उपाधि



अ+ अ-

काठमाडौं । युरो कप २०२४ फुटबल प्रतियोगिताको उपाधि स्पेनले जितेको छ ।

भर्खरै सम्पन्न फाइनल खेलमा ईंग्ल्याण्डलाई २-१ गोलले हराउँदै स्पेन च्याम्पियन बनेको हो । स्पेनको यो कीर्तिमानी चौथो उपाधि हो । अर्कोतर्फ गत संस्करणमा पनि उपविजेता रहेको ईंग्ल्याण्ड यसपटक पनि उपविजेतामै सिमित रह्यो ।

खेलको ४५ औं मिनेटमा ईंग्ल्याण्डका फिल फोडेनले प्रहार गरेको बललाई स्पेनका गोलकिपर युनाइ सिमोनले सजिलै बचाउ गरे ।

स्पेनले खेलको ४७ औं मिनेटमा निको विलियम्सको गोलबाट सुरुवाती अग्रता बनायो । लामिने यामलको पासमा उनले वान टचमा सुन्दर गोल गरे । ईंग्ल्याण्डका गोलकिपर जोर्डन पिकफोर्डले बल छेक्ने कुनै अवसर नै पाएनन् ।

त्यसको एक मिनेट पछि नै स्पेनका ड्यानी ओल्मोले गोल गर्ने अवसर खेर फाले । उनको प्रहार थोरै बाहिर गयो ।

५६ औं मिनेटमा विलियम्सले डिबक्स बाहिरबाट प्रहार गरेको बल केही बाहिर गयो ।

६४ औं मिनेटमा ईंग्ल्याण्डका जुड बेलिङहमको सशक्त प्रहारले गोल पोस्टको दिशा लिन सकेन ।

६६ औं मिनेटमा यामलको प्रहारलाई ईंग्ल्याण्डका गोलकिपर पिकफोर्डले उत्कृष्ट बचाउ गरे ।

वैकल्पिक खेलाडी कोल पाल्मेरलेवमैदान छिरेको दुई मिनेट पछि नै खेलको ७३ औं मिनेटमा ईंग्ल्याण्डका लागि बराबरी गोल फर्काए । बेलिङहमको पासमा उनले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरे । स्पेनका गोलकिपर सिमोनले गोल बचाउ गर्ने कुनै अवसर नै पाएनन् ।

८२ औं मिनेटमा यामलको प्रहारलाई ईंग्ल्याण्डका गोलकिपर पिकफोर्डले उत्कृष्ट बचाउ गर्दै पुनस् बिफल पारे ।

८६ औं मिनेटमा स्पेनका लागि मिकेल ओयार्जावलले विजयी गोल गरे । कुकुरेलाको पासमा उनले वान टचमा गोल गरे ।

९० औं मिनेटमा ड्यानि ओल्मोले पोस्टमा बारको काम गरे । ईंग्ल्याण्डका खेलाडीले प्रहार गरेको बललाई हेड गर्दै उनले स्पेनका लागि गोल बचाए ।