४ भाद्र २०८३, बिहीबार
,
Latest
ग्यास सिलिण्डरमा स्थायी ट्रयाकिङ प्रणाली लागू गर्नुपर्नेमा जोड ग्यासको कृत्रिम अभाव रोक्न प्रभावकारी अनुगमन गर्न सांसदहरूको माग गुल्मीमा मदन भण्डारी राजमार्गका प्रभावित घरधनीलाई १० करोडभन्दा बढी क्षतिपूर्ति वैदेशिक सहायता राष्ट्रिय प्राथमिकता र सरकारी कोषमार्फत परिचालन गर्न निर्देशन वैदेशिक सहायता घट्दैछ, निजी पुँजी परिचालन गर्नेतर्फ जाँदैछौँः अर्थमन्त्री डा. वाग्ले एक वर्षभित्र बागमतीमा स्वच्छ पानी बगाउने गरी ढल व्यवस्थापन गरिँदै एलपीजी ग्यासको व्यवस्थापनमा डिजिटल ट्रयाकिङ प्रणाली लागू गर्न संसदीय समितिको निर्देशन तनहुँकाे नारेश्वर तालमा पानी भरिन थाल्यो, कृषि र पर्यटन विकासको आधार बन्दै वैदेशिक सहायता शोधभर्ना नहुँदा राज्यकोषमा दबाब परेको रास्वपा सांसद पराजुलीको भनाइ वागमती नदी संरक्षण र पुनर्जीवनका लागि सरकारलाई संसदीय समितिको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पेनलाई कीर्तिमानी युरो कपको उपाधि



अ+ अ-

काठमाडौं । युरो कप २०२४ फुटबल प्रतियोगिताको उपाधि स्पेनले जितेको छ ।

भर्खरै सम्पन्न फाइनल खेलमा ईंग्ल्याण्डलाई २-१ गोलले हराउँदै स्पेन च्याम्पियन बनेको हो । स्पेनको यो कीर्तिमानी चौथो उपाधि हो । अर्कोतर्फ गत संस्करणमा पनि उपविजेता रहेको ईंग्ल्याण्ड यसपटक पनि उपविजेतामै सिमित रह्यो ।

खेलको ४५ औं मिनेटमा ईंग्ल्याण्डका फिल फोडेनले प्रहार गरेको बललाई स्पेनका गोलकिपर युनाइ सिमोनले सजिलै बचाउ गरे ।

स्पेनले खेलको ४७ औं मिनेटमा निको विलियम्सको गोलबाट सुरुवाती अग्रता बनायो । लामिने यामलको पासमा उनले वान टचमा सुन्दर गोल गरे । ईंग्ल्याण्डका गोलकिपर जोर्डन पिकफोर्डले बल छेक्ने कुनै अवसर नै पाएनन् ।

त्यसको एक मिनेट पछि नै स्पेनका ड्यानी ओल्मोले गोल गर्ने अवसर खेर फाले । उनको प्रहार थोरै बाहिर गयो ।

५६ औं मिनेटमा विलियम्सले डिबक्स बाहिरबाट प्रहार गरेको बल केही बाहिर गयो ।

६४ औं मिनेटमा ईंग्ल्याण्डका जुड बेलिङहमको सशक्त प्रहारले गोल पोस्टको दिशा लिन सकेन ।

६६ औं मिनेटमा यामलको प्रहारलाई ईंग्ल्याण्डका गोलकिपर पिकफोर्डले उत्कृष्ट बचाउ गरे ।

वैकल्पिक खेलाडी कोल पाल्मेरलेवमैदान छिरेको दुई मिनेट पछि नै खेलको ७३ औं मिनेटमा ईंग्ल्याण्डका लागि बराबरी गोल फर्काए । बेलिङहमको पासमा उनले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरे । स्पेनका गोलकिपर सिमोनले गोल बचाउ गर्ने कुनै अवसर नै पाएनन् ।

८२ औं मिनेटमा यामलको प्रहारलाई ईंग्ल्याण्डका गोलकिपर पिकफोर्डले उत्कृष्ट बचाउ गर्दै पुनस् बिफल पारे ।

८६ औं मिनेटमा स्पेनका लागि मिकेल ओयार्जावलले विजयी गोल गरे । कुकुरेलाको पासमा उनले वान टचमा गोल गरे ।

९० औं मिनेटमा ड्यानि ओल्मोले पोस्टमा बारको काम गरे । ईंग्ल्याण्डका खेलाडीले प्रहार गरेको बललाई हेड गर्दै उनले स्पेनका लागि गोल बचाए ।