• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
Latest
★   परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान ★   टस जितेर नेपालले क्यानडालाई दियो ब्याटिङको निम्तो, सुरुवाती–११ मा को–को छन् ? ★   लगानी फिर्ताका लागि सार्थक पहल गर्नुस् : उपप्रधानमन्त्री पौडेल ★   खोला किनारको २० मिटर विवादः सरकारद्वारा पुनरावलोकन निवेदन दर्ता ★   वन मन्त्री शाहीसंग कोलोम्बिया राजदुत बीच शिष्टचार भेट ★   सुदूरपश्चिम सरकारले ल्यायो साढे ३१ अर्ब ६२ करोड ९८ लाखको बजेट ★   एनआरएन विवादमा मिसिल झिकाउने आदेश ★   भावी प्रधान न्यायाधीशमा राउत सिफारिस ★   ‘जलवायुका असर न्यूनीकरण गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक’ ★   नेपाल–अमेरिका टिफा बैठकः द्विपक्षीय व्यापार र लगानी विस्तारबारे छलफल

थाईल्यान्डमा सांसदले पत्रकारलाई थप्पड हाने



काठमाडौँ । थाईल्यान्डमा एक सांसदले पत्रकारलाई थप्पड हानेपछि त्यसबारे छानबिन गर्न संसद्लाई अनुरोध गरिएको छ ।

पलाङ प्रचारात पार्टी (पीपीआरपी)का सांसद प्रवित वोङ्सुवान पूर्वसेनापति पनि हुन् । गत साता उनले संसद्‌मा नयाँ प्रधानमन्त्री छान्ने प्रक्रियाबारे प्रश्न सोधेकी थाईपीबीएसकी एक संवाददाताको टाउकोमा थप्पड हानेका थिए ।

पीपीआरपीका एक प्रवक्ताका अनुसार प्रवित र ती पत्रकारबीच राम्रो चिनजान थियो अनि उनले “निकटस्थ व्यक्ति ठानेर उनलाई त्यसरी जिस्क्याएको” भन्दै क्षमायाचना गरिसकेका छन् ।

थाईपीबीएसले पत्रकारलाई धम्क्याउने प्रयासका लागि प्रवित उत्तरदायी हुनुपर्ने जनाएको छ ।

थाई पत्रकार र प्रसारकका संस्थाहरूले प्रवितको गतिविधि सांसदको आचरणविपरीत भएको भन्दै छानबिनका लागि अनुरोध गरेर संसद्का सभामुखलाई एउटा पत्र बुझाएका छन् । बीबीसीबाट साभार