२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाईल्यान्डमा सांसदले पत्रकारलाई थप्पड हाने



अ+ अ-

काठमाडौँ । थाईल्यान्डमा एक सांसदले पत्रकारलाई थप्पड हानेपछि त्यसबारे छानबिन गर्न संसद्लाई अनुरोध गरिएको छ ।

पलाङ प्रचारात पार्टी (पीपीआरपी)का सांसद प्रवित वोङ्सुवान पूर्वसेनापति पनि हुन् । गत साता उनले संसद्‌मा नयाँ प्रधानमन्त्री छान्ने प्रक्रियाबारे प्रश्न सोधेकी थाईपीबीएसकी एक संवाददाताको टाउकोमा थप्पड हानेका थिए ।

पीपीआरपीका एक प्रवक्ताका अनुसार प्रवित र ती पत्रकारबीच राम्रो चिनजान थियो अनि उनले “निकटस्थ व्यक्ति ठानेर उनलाई त्यसरी जिस्क्याएको” भन्दै क्षमायाचना गरिसकेका छन् ।

थाईपीबीएसले पत्रकारलाई धम्क्याउने प्रयासका लागि प्रवित उत्तरदायी हुनुपर्ने जनाएको छ ।

थाई पत्रकार र प्रसारकका संस्थाहरूले प्रवितको गतिविधि सांसदको आचरणविपरीत भएको भन्दै छानबिनका लागि अनुरोध गरेर संसद्का सभामुखलाई एउटा पत्र बुझाएका छन् । बीबीसीबाट साभार