४ भाद्र २०८३, बिहीबार
,
Latest
सुनचाँदीको मूल्य ह्वात्त बढ्यो कास्कीको अन्नपूर्ण गाउँपालिकाले विपद् प्रभावितलाई सहयोग गर्न अपिल, पुनःस्थापनाका लागि कोष सञ्चालन धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना दाङमा ट्याक्टर र अटो ठोक्किँदा चालकको मृत्यु, दुई जना घाइते गरिमा चौधरी हत्या प्रकरण : न्यायको माग गर्दै पथलैया–वीरगन्ज सडक ठप्प धुर्मुसको गुनासो : ‘आफ्नै देशमा न्याय खोज्दा आवाज बेवारिसे भयो’ वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्यांक संकलन नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नोएरले लिए अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास



अ+ अ-

काठमाडौँ । जर्मन गोलकिपर म्यानुएल नोएरले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएका छन् ।

३८ वर्षीय नोएरले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै अन्तर्राष्ट्रिय खेल जीवनलाई टुंगाउने घोषणा गरेका हुन् ।

‘१५ वर्षभन्दा बढी र १२४ अन्तर्राष्ट्रिय खेलपछि आज जर्मन राष्ट्रिय टोलीसँग मेरो करियरको अन्त्य भएको छ ।’ उनले भनेका छन् । ‘मलाई चिन्ने जो कोहीले बुझ्छन् कि मैले यो निर्णय हल्का रूपमा लिएको छैन । म शारीरिक रूपमा राम्रो महसुस गर्छु । र पक्कै पनि संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा २०२६ को विश्वकप निकै लोभलाग्दो थियो । यद्यपि, मेरो परिवार र साथीहरूसँग धेरै विस्तृत र लामो छलफलपछि, मैले निर्णय गरेँ कि अब राष्ट्रिय टोलीसँगको यात्रा बन्द गर्ने सही समय हो ।’

‘म विशेष गरी तपाईलाई धन्यवाद दिन चाहन्छु, प्रिय प्रशंसकहरू, मलाई वर्षौंदेखि समर्थन गर्नुभएकोमा । मलाई राष्ट्रिय टोलीको जर्सी लगाउन मन पर्थ्यो ।’ उनले भनेका छन् ।

नोएरले २ जुन २००९ मा जर्मनबाट डेब्यु गरेका थिए । उनले जर्मनबाट १२४ खेल खेलेका छन् । २०१४ को विश्वकप जित्दा जर्मन टोलीको हिस्सा रहेका उनी उक्त प्रतियोगितामा उत्कृष्ट गोलकिपर बन्दै गोल्डेन ग्लोभ समेत जितेका थिए ।

यद्यपि, नोएरले क्लब फुटबललाई भने जारी राख्नेछन् । २०११ देखि बायर्न म्युनिखमा रहेका उनले सो क्लबबाट ३४५ खेल खेलेका छन् ।