४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोहित पौडेल आबद्ध टोरोन्टोले जित्यो ग्लोबल टी–२० लिगको उपाधि



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल आवद्ध टोरोन्टो नेशनल्सले क्यानडामा भएको ग्लोबल टी–२० लिगको उपाधि जितेको छ ।

गएराति भएको फाइनल खेलमा साविक विजेता मोन्ट्रियल टाइगर्सलाई ८ विकेटले पराजित गर्दै टोरोन्टो च्याम्पियन बनेको हो ।

मोन्ट्रियलले दिएको ९७ रनको सामान्य लक्ष्य टोरोन्टोले ३० बल बाँकी हुँदै मात्र दुई विकेट गुमाएर पूरा गरेको थियो । पहिले ब्याटिङ गरेको मोन्ट्रियलले ९ विकेट गुमाउँदै जम्मा ९६ रन बनाएको थियो ।

शनिवार भएको दोस्रो क्वालिफायर खेलमा ब्राम्प्टन वुल्भ्सलाई ५ विकेटले पराजित गर्दै टोरोन्टोले फाइनलमा स्थान बनाएको थियो ।

यस्तै, पहिलो क्वालिफायर वर्षाका कारण रद्द भए पनि लिगको शीर्ष स्थानमा रहदै प्लेअफमा स्थान बनाएको कारण मोन्ट्रियल टाइगर्स फाइनलमा पुगेको थियो ।

नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी आवद्ध टोली भ्यान्कुभर नाइट्स भने लिगको अन्तिममा रहँदै बाहिरएको थियो ।