२५ भाद्र २०८३, बिहीबार
,
Latest
एक सय सात पिन्ट रगत सङ्कलन जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल पार्टी एकताका लागि नरम हुन तयार छुः सभापति थापा कानूनमन्त्री गौतमले राष्ट्रिय सभामा माफी मागिन् मन्त्रिपरिषद् बैठक जारी, बाढी प्रभावित क्षेत्रबारे छलफल हुँदै सरकारको केन्द्र सिंहदरबारबाट बाहिर सरेर ‘ज्वागल’ पुग्यो: अमरेश कुमार सिंह राष्ट्रिय सभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक सर्वसम्मतिले पारित झाँक्रीद्वारा सरकारलाई दलगत दृष्टिकोण त्यागेर विपद्मा समन्वय गर्न आग्रह कोइम्ब्रामा बाढी–पहिरोमा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली सभा विपत्तिमा राजनीति होइन, उद्धार र नागरिकको जीवन रक्षा प्राथमिकतामा हुनुपर्छ : खुश्वु ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोहित पौडेल आबद्ध टोरोन्टोले जित्यो ग्लोबल टी–२० लिगको उपाधि



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल आवद्ध टोरोन्टो नेशनल्सले क्यानडामा भएको ग्लोबल टी–२० लिगको उपाधि जितेको छ ।

गएराति भएको फाइनल खेलमा साविक विजेता मोन्ट्रियल टाइगर्सलाई ८ विकेटले पराजित गर्दै टोरोन्टो च्याम्पियन बनेको हो ।

मोन्ट्रियलले दिएको ९७ रनको सामान्य लक्ष्य टोरोन्टोले ३० बल बाँकी हुँदै मात्र दुई विकेट गुमाएर पूरा गरेको थियो । पहिले ब्याटिङ गरेको मोन्ट्रियलले ९ विकेट गुमाउँदै जम्मा ९६ रन बनाएको थियो ।

शनिवार भएको दोस्रो क्वालिफायर खेलमा ब्राम्प्टन वुल्भ्सलाई ५ विकेटले पराजित गर्दै टोरोन्टोले फाइनलमा स्थान बनाएको थियो ।

यस्तै, पहिलो क्वालिफायर वर्षाका कारण रद्द भए पनि लिगको शीर्ष स्थानमा रहदै प्लेअफमा स्थान बनाएको कारण मोन्ट्रियल टाइगर्स फाइनलमा पुगेको थियो ।

नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी आवद्ध टोली भ्यान्कुभर नाइट्स भने लिगको अन्तिममा रहँदै बाहिरएको थियो ।