काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा जारी छ।
आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा समसामयिक विषयसँगै गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि जारी खोज, उद्धार, उपचार, राहत तथा प्रभावित नागरिकको पुनःस्थापनाबारे छलफल भइरहेको छ।
बाढी प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउने र पुनःस्थापनाका लागि आवश्यक निर्णय गर्ने विषयमा बैठक केन्द्रित रहेको बताइएको छ।









